विराटचोक — बडी बिल्डर प्रकाश राईको स्मृतीमा विराटचोकको गोल्ड जिमले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । स्वर्गिय राईले बडी बिल्डिङ्ग क्षेत्रमा गरेको योगदानलाई सम्मान गर्दै शुक्रबार साझ गोल्ड जिमले दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

स्वर्गिय राई नेपाली बडी बिल्डिङ्ग क्षेत्रमा एक प्रतिष्ठित व्यक्तित्व थिए, र उनको योगदानलाई सम्मान गर्दै श्रद्धाञ्जली कार्यक्रम गरिएको जिमका संचालक अनिल खड्काले जानकारी दिए । 

राईको असामयिक निधनले बडी बिल्डिङ्ग समुदायमा ठूलो क्षति पुगेको भन्दै खड्काले दु:ख व्यक्त गरे । उनलाई सम्झनका लागि सगरमाथा युथ क्लवका प्रशिक्षक युवेन गुरुङ,जिमका सदस्यहरू, प्रशंसकहरू,र खेलकुद क्षेत्रका मानिसहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मोरङको पथरीशनिश्वरेका बासिन्दा राईको पाँचौं राष्ट्रिय खुल्ला मिस्टर काठमाडौं बडी बिल्डिङ प्रतियोगितामा विजेता बनेको पाँच दिनपछि हृदयघातका कारण गत मंगलबार निधन  भएको थियो ।

उनको अन्तिम श्रद्धाञ्जली यहि असोज ५ गते, शनिबार दिउँसो १ बजे निजको निवास पथरीमा हुने जानकारी  प्राप्त भएको छ ।