विराटचाेक —  मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ स्थित सुकुना बहुमुखी क्याम्पसले दोस्रो चरणको क्युएए प्राप्त गरेको छ । शुक्रबार विश्वविद्यालय अनुदान आयोग नेपालले सुकुना क्याम्पस र ग्लोवल इन्टरनेसनल कलेजलाई क्युएए अवार्ड प्रदान गरेको हो ।

भक्तपुरको सानोठिमी स्थित  आयोगको सभाकक्षमा भएको एक भव्य कार्यक्रमका बीच सुकुना क्याम्पस र ग्लोवल इन्टरनेसनल कलेजले क्युएए अवार्ड प्राप्त गरेको सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए । 

आयोगका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूले क्याम्पसलाई दोस्रो चरणको क्युएएको प्रमाणपत्र हस्तान्तरण गरेको सहायक क्याम्पस प्रमुख दाहालले बताए  ।

464617541_8896365293741046_1771892408648709376_nप्रमाणपत्र वितरण कार्यक्रममा क्युएए आयोगकी डाइरेक्टर प्रा.डा. रेजिना मास्केले स्वअध्ययन भ्रमणको अनुभव र दुबै क्याम्पसका प्रतिवेदनको साराशं प्रस्तुत गरेकी थिइन् ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका क्युएए डाइरेक्टर डा. प्रेम थापा र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. धुर्ब गौतमले दुबै क्याम्पसहरूलाई बधाई ज्ञापन गरेका थिए ।

सुकुना क्याम्पसको स्वअध्ययन टोलिका प्रमुख एवम् त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँले सुकुना क्याम्पसमा पहिलो पटक तीन दिन र दोस्रो पटक पाँचदिन स्थलगत अध्ययन भ्रमण गर्दाका अनुभवहरू प्रस्तुत गर्दै क्याम्पसले गुणस्तर कायम गर्नका लागि गरेका प्रयासबाट आफू पूर्ण सन्तुष्ट भएको कुरा व्यक्त गरे  । उनले सबैले सुकुनाको भ्रमण गरि अनुभव लिन सुफाव प्रस्तुत गरेका थिए । यदि यसरी नै प्रयास गर्ने हो भने सुकुना छिट्टै डिम्ड युनिभर्सिटि हुनेमा डा.खनियाँले विश्वास प्रकट गरे ।

त्यसैगरै आफूले धेरै पटक सुकुना क्याम्पसको भ्रमण गरेको र भ्रमणका क्रममा सुकुनाले तब्र विकास गरेको भन्दै प्रा. डा. मनप्रसाद वाग्लेले बधाई ज्ञापन गरेका थिए ।

Untitled-2 (4) 12क्युएए प्राप्त गरेपछि प्रतिवद्धता व्यक्त गर्दै  सुकुना क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले आगामी दिनमा क्याम्पसले अझै नवप्रवर्तन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, गुणस्तरमा बढोत्तरी गर्ने, अटोनोमिका कार्यक्रम सञ्चालन गर्ने बताउँदै क्याम्पसको छोटो परिचय प्रस्तुत गरेका थिए ।

समारोहको सभापतिका रुपमा रहेका अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले सुकुना क्याम्पसका सबै गतिविधिबाट आयोग सन्तुष्ट भएकोमा क्याम्पसलाई बधाई दिँदै अरु क्याम्पसहरू पनि सुकुना जस्तै हुनुपर्नेमा जोड दिएका थिए ।

Untitled-2 (2) 13उक्त समारोहमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट संचालक समितिका अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष ललित बहादुर श्रेष्ठ, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईं, लेखा समितिका संयोजक चन्द्रप्रसाद फुयाल ,संचालक समितिका सदस्यहरू क्रमश: हेमचन्द्र घिमिरे एवम् नेत्रप्रसाद ढकाल, सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, स्वमूल्याङ्कन ट‍ोलीका संयोजक तथा सदस्यहरू क्रमश: नरप्रसाद भण्डारी, नवराज कोइराला, सूर्यप्रसाद अधिकारी, प्राध्यापक सङ्घका सभापति जनार्दन गुरागाईँ, शिक्षकहरू क्रमश: सुकदल लिम्बू, कान्ता सुवेदी, उषाकिरण वाग्ले लगायतका प्रतिनिधिहरू र लेखाफाँट प्रमुख युवराज सुवेदीले संयुक्तरूपमा प्रमाणपत्र ग्रहण गरेका थिए । उक्त समारोहको सञ्चालन अनुदान आयोगका अफिसर नारायण भण्डारीले गरेका थिए ।

काेशी प्रदेशकै अब्बल शैक्षिक गन्तव्यकाे रूपमा परिचित जनताद्वारा संचालित सुकुना बहुमुखी क्याम्पस काेशी प्रदेशकै अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ । यहाँ प्लसटु देखि स्नाकोत्तर सम्ममा विभिन्न विषयमा सस्तो शुल्कमा पठन पाठन हुदैँ आएको पाइएको छ  ।