विराटचोक — मोरङको सुन्दरहरैँचा- १२ स्थित सुकुना बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाजले विज्ञान शाखा समिति गठन भएको छ । आइतबार क्याम्पस सभाकक्षमा बि.एस्सी. उत्तीर्ण गरी उच्चशिक्षा अध्ययन गरिरहेका र विभिन्न सेवामा कार्यरत रहेका पूर्वविद्यार्थीहरूको भेलाले सुगल भट्टराईको अध्यक्षमा ११  सदस्यीय समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा यमुना बस्नेत, सचिवमा  देवेन्द्र गिरी, सहसचिवमा एलिजा लम्साल, कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन्र । त्सयसैगरी सदस्यहरूमा सूर्य भट्टराई, प्रशान्त अधिकारी, प्रशान्त राई, रोजिना कार्की, प्रदीप निरौला र विराज बस्नेत रहेकाछन ।

 उक्त समिति गठनमा सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, विज्ञान कार्यक्रमका संयोजक टीकाप्रसाद उपाध्याय र पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले सहजीकरण गरेका थिए । 

विएस्सी २०६९ ब्याजका पूर्वविद्यार्थी चन्द्रबहादुर धिमालको सभापतित्वमा भएको भेलामा बिएस्सीतर्फका पूर्वविद्यार्थीहरू क्रमशः यमुना बस्नेत, नवराज श्रेष्ठ, प्रशान्त अधिकारी, नविन फुँयल, राजु भट्टराई, देवेन्द्र गिरी, आशिष श्रेष्ठ र इपेन्द्र तामाङले बि. एस्सी. अध्ययनका अनुभव सुनाउँदै विज्ञानतर्फको पूर्वविद्यार्थी समाज शाखा समितिको आवश्यकतामा जोड दिएका थिए । 

त्यसैगरी भेलामा कम्प्युटर शिक्षक अतुल भट्टराई र विज्ञान कार्यक्रमका संयोजक टीकाप्रसाद उपाध्यायले पूर्वविद्यार्थीहरूले क्याम्पसलाई महत्त्वपूर्ण सुझाव, आर्थिक, भौतिक र नैतिक सहयोग गरेमा विज्ञान कार्यक्रमलाई थप टेवा पुग्ने धारणा राखेका थिए । 

क्याम्पसको पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले क्याम्पसमा पूर्वविद्यार्थीहरूको विज्ञान शाखा, व्यवस्थापन शाखा, शिक्षा शाखा, मानविकी शाखा, बिबिए शाखा र बिआईसिटिई शाखा समिति गठन गर्ने र ती सबै शाखाका संयोजकहरूलाई मूल समितिमा पदेन सदस्य हुने व्यवस्था गरेर पूर्वविद्यार्थीहरूको व्यापक नेटवर्किङ गरी समितिले क्याम्पसका लागि प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । 

Untitled-3 (4) 4भेलाका प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले भेलाको उद्घाटन गर्दै क्याम्पसका सबै गतिविधिहरूको प्रस्तुतीकरण गरी क्याम्पसका कार्यक्रमहरू पूर्ण सफल बनाउन पूर्वविद्यार्थीहरूलाई आब्हान गरेका थिए । 

कार्यक्रममा पूर्वविद्यार्थी समाजका उपाध्यक्ष भवानी पोखरेल, सहसचिव लाबन्यकुमार अधिकारी, सदस्य लोकप्रकाश भट्टराई लगायत विज्ञान सङ्कायका शिक्षकहरू र बिएस्सी तर्फका पूर्वविद्यार्थी एवम् बिएस्सीमा अध्ययनरत विद्यार्थी गरी १५० जनाभन्दा बढि विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बिएस्सीका विद्यार्थीहरू क्रमश महम्मद जरक र रेखा रिजालले सुमधुर गित गाएर मनोरञ्जन गराएका थिए । 

 उक्त कार्यक्रममा बिएस्सीका पूर्वविद्यार्थी एलिजा लम्सालले स्वागत गरेकी थिइनभने कार्यक्रमको सञ्चालन बिएस्सीका पूर्वविद्यार्थी दीवाकर न्यौपानेले गरेको जानकारी सहायक क्याम्पस प्रमुख दहालले जानकारी दिए ।

Untitled-3 (5) 4