विराटचोक — निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैँचा नगरसमितिको अध्यक्षमा दिपक क्षेत्री निर्वाचित भएका छन्। विराटचोक स्थित इन्द्रपुर जेसिजको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेशनले बाट उपाध्यक्षमा टीकाराम पराजुली, सचिवमा सुर्य दंगाल र कोषाध्यक्षमा नर्बदा क्षेत्रीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा जीवन बस्नेत, तेजराज पौडेल लगायत सर्वसम्मत चयन भएका छन्।
सोमबार भएको अधिवेशनमा नगरपालिकाको सबै भन्दा पुरानो विद्यालयको तर्फबाट सुन्दरहरैँचा-८ स्थित ब्राईट फ्युचर इङ्लिस स्कुललाई सम्मान गरिएको थियो । ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल टिकाराम ढकालले उक्त सम्मान ग्रहण गरेका थिए ।
त्यसैगरी उक्त अधिवेशनमा प्याब्सनद्वारा आयोजित विभिन्न बिधाको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालय, प्याब्सनमा आवद्ध विद्यालय मध्य २०८०को एसईई परिक्षामा नगर टप गर्ने सिद्दार्थ इङ्लिस स्कुलका विद्यार्थिहरु, संचारकर्मी लगायतलाई सम्मान गरिएको थियो।
नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की , प्याब्सन कोशी अध्यक्ष टिकाराम ढकाल ,उपाध्यक्ष अर्जुनन बस्नेत लगायत जिल्ला प्याब्सनका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए। अधिवेशनको उदघाटन कार्यक्रमको प्याब्सन सुन्दरहरैँचा नगरसमितिका अध्यक्ष दिपेन राईको अध्यक्षता रहेको थियो।


















