विराटचोक—सुन्दरहरैँचा नगरपालिकाले चिसोका कारण माघ ११ गते एक दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।
चिसोको कारण विद्यार्थीहरूको उपस्थिति घट्ने र स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा भोलि माघ ११ गते बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जारी गरेको सूचनामा अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाइएको छ। बिदा संचित बिदाबाट मिलान गरिने सूचनामा उल्लेख छ।
यस निर्णयले विद्यार्थीहरू र अभिभावकहरूले चिसोबाट सावधानी अपनाउन र सुरक्षित रहन अवसर पाउने विश्वास गरिएको छ।



















