• मणिराम दाहाल 

विराटचोक—काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा राम्रो  र अनुशासीत भएमा देशकाे गति अगाडि बढ्ने बताएका छन्  । 

मोरङको सुन्दरहरैंचा  नगरपालिकास्थित  साजीलाल माध्यमिक विद्यालयकाे ५९ औ वार्षिकोत्सब तथा अभिभावक भेलाकाे कार्यक्रमलाई सम्बाेधन गर्दै शिक्षामा राम्रो सुधारकाे गति नदेखिएको उल्लेख गरे ।  उनले देशका विज्ञ राजनीतिक दल तथा जनप्रतिनिधि एक भएर देशमा शिक्षाकाे हित र विकास गर्न  जरुरी रहेको धारणा राखे  । मुख्यमन्त्री कार्कीले भने `` विद्यालयमा देखिएको समस्यालाई एकैचाेटी पूरा गर्न सकिदैन् । विद्यालयमा देखिएकाे समस्यामा लगानी गर्न तयार छु । सामुदायिक विद्यालयमा सवारी साधनकाे आवश्यता देखिएकोले सामाजिक मन्त्रालयमा जानकारी गराएको छु ´´। 

उनले समारोहलाई थप सम्बाेधन गर्दै  साजिलाल मावि यस क्षेत्रकाे पुरानो विद्यालय भएकोले बालबालिकाकाे हित र पढाइका लागि सबैकाे साथ सहयाेगकाे खाँचो परेको बताए   । विद्यालयमा देखिएको समस्यालाई विस्तारै सावधान गरेर साझेदारीकाे माध्यमबाट अगाडि बढ्न जरुरी भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । शिक्षाकाे हित र प्रगतिकाे लागि कुनै  कसुर बाँकी नराख्ने  मुख्यमन्त्री कार्कीले जानकारी दिए  । 

समारोहकाे अवसरमा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

उनले कक्षा नर्सरीदेखि १२ सम्ममा हाल २८ सय ५२ जना विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख गरे । विद्यालयलाई वि.स. २०२१ सालमा समाजसेबी, शिक्षाप्रेमी दाता स्व. ननीलाल चौधरी तथा खडानन्द चौधरीको परिवारबाट आफ्ना पिता स्व. साजीलाल चौधरीका नाममा करिब २१ बिगाहा जमिन दान गरेकाे उल्लेख गरिएकाे छ ।   विभिन्न समयमा समाजसेवी तथा शिक्षाप्रेमीहरूको पहलमा विद्यालयको नाममा दर्ता हुन आएको करिव २७ विगाहा जमिन गरी जम्मा ४८ बिगाहा  विद्यालयको स्वमित्वमा रहेको प्र अ काफ्लेले उल्लेख गरे  ।  उनले विद्यालय परिसरमा दुई बिगाहाको  कम्पाउण्ड, ४५ वटा कोठा पक्की तथा कच्ची भवन ,  खानेपानीको व्यवस्था, पर्याप्त मात्रामा शौचालय, दुई वटा क्यान्टिन, विद्यालयको आफ्नै २ वटा स्कुल वस रहेको जानकारी दिए । 

समारोहमा नगर प्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाले विद्यालयलाई गरेको लगानीकाे प्रतिफल आफुले हेर्न चाहेको बताए  । उनले शिक्षामा थप सुधार र गुणस्तरकाे खाँचो परेको उल्लेख गर्दै अबकाे शिक्षाले समाजकाे सुधार गरेर विद्यार्थीकाे भविष्य निर्माण गर्न अघि बढ्नु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा  विद्यालय प्राेत्साहन तथा अक्षयकाेषबाट  विद्यालयका शिक्षकलाई सम्मान गरिएको थियाे ।

कार्यक्रममा काेशी  प्रदेशका मुख्यमन्त्री कार्कीले स्व. साजिलाल चाैधरीकाे सालिकमा मार्लापर्ण गरेका थिए ।  उनले विद्यार्थीले राखेको वृहत  विज्ञान प्रर्दशनीकाे अवलोकन गर्दै विद्यालयकाे मुखपत्र विमाेचन गरेका थिए । समारोहमा विद्यार्थी तथा शिक्षकले रमाइलो नृत्य ,गीत ,कविता , मुक्तक लगायत  प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन शिक्षक भवानीशंकर ढकाल तथा नराेत्तम श्रेष्ठबाट भएको थियाे ।