• चन्द्रबहादुर बस्नेत 

कोपेनहेगन, डेनमार्क –  नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच डेनमार्कले डेनमार्कका लागि नव-नियुक्त राजदूत सुम्निमा तुलाधरलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ। शुक्रबार मञ्चका अध्यक्ष रविन कार्कीको नेतृत्वमा गएको टोलीले नेपाली राजदूतावासमा राजदूत तुलाधरसँग भेट गर्दै उहाँलाई शुभकामना तथा बधाई व्यक्त गरेको हो।

Untitled-3 (8)उक्त अवसरमा डेनमार्कमा श्रम, अध्ययन र अन्य कारणले नेपाली जनसंख्या बढ्दै गएको उल्लेख गर्दै प्रवासी नेपालीहरूका समस्या समाधानका लागि दूतावासले विशेष पहल गर्नुपर्ने आवश्यकताबारे मञ्चका अध्यक्ष कार्कीले जानकारी गराउनुभयो।

भेटका क्रममा राजदूत तुलाधरले महिला, विद्यार्थी तथा प्रवासी नेपालीहरूले भोगिरहेका विभिन्न चुनौतीहरूको समाधानमा दूतावासले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रवासी नेपाली मञ्च तथा अन्य संघ-संगठनहरूसँग सहकार्य गर्दै आवश्यक समाधानका लागि पहल गरिने बताउनुभयो। उहाँले प्रवासी नेपाली मञ्चद्वारा आयोजित स्वागत कार्यक्रमले नेपाली समुदाय र दूतावासबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

WhatsApp Image 2025-02-21 at 20.39.20_24324be4स्वागत कार्यक्रममा मञ्चका पदाधिकारीहरू तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो र यस अवसरमा  राजदूत तुलाधरलाई  स्वागत पत्र, फूल र दोसल्ला प्रदान गर्दै सम्मान गर्दै कार्यक्रममा प्रवासी नेपाली मञ्चका उपाध्यक्ष अमृत रिजाल, सचिव शैलेन्द्र राई, सांस्कृतिक विभाग प्रमुख किरण दीप, स्कुल विभाग प्रमुख भास्कर खनाल, निवर्तमान उपाध्यक्ष शिव कार्की, नेपाल व्यवसायी संघ डेनमार्कका अध्यक्ष मिलन श्रेष्ठ लगायतका व्यक्तित्वहरूले नेपाली समाजसँग जोडिएका आर्थिक, राजनीतिक, सामाजिक तथा व्यावसायिक विषयहरूमा चासो व्यक्त गर्नुभएको थियो।

डेनमार्कका लागि आवासीय नेपाली राजदूतका रूपमा तुलाधरलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस ७ गते नियुक्त गर्नुभएको थियो। राजदूत तुलाधरले फेब्रुअरी ७ देखि  औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको थियो।

WhatsApp Image 2025-02-21 at 19.43.48_70b42ea1