एजेन्सी—भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले आफ्नो ४१ औं बटालियनका सिपाही मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ। उनलाई पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेपछि सेवा आचरण उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको हो।
सीआरपीएफका अनुसार मुनिर अहमदले मीनल खानलाई भिसाको अवधि समाप्त भए पनि अवैध रूपमा भारतमा राखेका थिए। यो कार्य राष्ट्रिय सुरक्षाका लागि खतरा मानिँदै आएको छ।
सीआरपीएफको वक्तव्यअनुसार, मुनिर अहमदले भिसा नियम उल्लङ्घन गरी मीनल खानलाई भारतमा आश्रय दिए। यो कार्यले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने भन्दै उनलाई बर्खास्त गरिएको हो।
भारतमा सुरक्षा संवेदनशीलता उच्च रहँदा सुरक्षा निकायका सदस्यले राष्ट्रिय सुरक्षासँग सम्झौता गर्ने कार्य गम्भीर मुद्दाको रूपमा हेरिन्छ। यस घटनाले सुरक्षा निकायभित्र कडाइका साथ अनुशासन पालना गर्नुपर्ने आवश्यकता पुन: देखाएको छ।
मुनिर अहमदको यस कदमको विस्तृत अनुसन्धान भइरहेको छ भने यस घटनाले सामाजिक र कानुनी क्षेत्रमा पनि बहस जन्माएको छ।



















