बिर्तामोड—नेकपा (एमाले) झापा जिल्ला कमिटीको आयोजनामा बिर्तामोडमा सम्पन्न एक विशेष कार्यकर्ता भेलामा सयौं नवयुवाहरू पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा (एमाले)का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवेशीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरे।
पार्टी प्रवेशसँगै उनीहरूलाई राष्ट्रिय युवा संघ नेपालको झापा जिल्ला कमिटी र शिवसताक्षी नगर अधिवेशनबाट चयनित नयाँ नेतृत्वले पनि स्वागत गरेको छ। हालै सम्पन्न नगर अधिवेशनपछि युवाहरूको उत्साह र आकर्षण संघप्रति झनै बढेको आयोजकको दाबी छ।
झापा जिल्ला कमिटीले सबै नवयुवाहरूलाई हार्दिक स्वागत गर्दै उज्ज्वल राजनीतिक यात्राको शुभकामना दिएको छ। कार्यक्रमले झापा जिल्लामा एमालेको युवा आधार बलियो हुँदै गएको संकेत दिएको विश्लेषण गरिन्छ।




















