एजेन्सी—बेलायतको राजधानी लन्डनबाट ४५ माइल टाढा लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना भएको छ।
स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेतिर लन्डनको साउथेन्ड विमानस्थलमा उडेको केही समयपछि नै एउटा व्यावसायिक जेट खसेको हो।
दुर्घटनाका केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।दुर्घटनास्थलमा आगो र धुवाँको मुस्लो देखिएको छ।
विमान १२ मिटर (३९ फिट) लामो रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान बिच बी२०० सुपर किंग एयर थियो।
विमान नेदरल्यान्ड्सको लेलिस्ट्याड जाँदै थियो। विमानमा कति जना थिए भन्ने आधिकारिक जानकारी आइसकेको छैन।
BREAKING:
— Tim (@Dragonboy155) July 13, 2025
A plane crashed at London’s South East Airport, causing a large fireball to be witnessed by many people.
The number of casualties or injuries is yet to be determined. pic.twitter.com/YCcQt4Q25O



















