काठमाडौं— इन्टर मायामीमा नयाँ अनुहार रोड्रिगो डि पलले डेब्यु गरेकै खेलमा टोलीले जितको स्वाद चाखेको छ । बिहीबार बिहान भएको लिग्स कप अन्तर्गतको खेलमा मेसी कप्तानी गरेको इन्टर मायामीले मेक्सिकन क्लब एटलस एफसीलाई २–१ ले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्यो ।
खेलको पहिलो हाफ तुलनात्मक रूपमा सुस्त देखिएको भए पनि दोस्रो हाफ भने पूर्णतः मायामीको पक्षमा रह्यो । सेगोभिया र मार्सेलोले एक–एक गोल गर्दै टोलीलाई अघि बढाए । दुवै गोलमा कप्तान लियोनल मेसीको जादुमय पास थियो, जुन अहिले पनि चर्चा बटुलिरहेको छ ।
एटलसले पनि ८०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो, तर अन्तिम ९६औं मिनेटमा आएको निर्णायक गोलले तिनको आशामा पानी फेर्यो ।
खेलमा मायामीले ५५% बल नियन्त्रणमा राख्दै १९ प्रहार गरेका थिए, जसमध्ये ५ सिधा पोस्टमा लागेको थियो ।
डि पलको आगमनसँगै मायामीको मिडफिल्ड थप बलियो देखिएको छ, मेसी–डि पलको अर्गेन्टिनी केमिस्ट्री हेर्न लायक थियो ।




















