काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका खास तथा सह कोषाध्यक्ष दीपक बोहरा पदमुक्त भएका छन्। रास्वपा केन्द्रीय समितिको निर्णयअनुसार अब उनी पदाधिकारी रहने छैनन्, तर सचिवालय सदस्यका रूपमा भने निरन्तर रहनेछन्।
रास्वपा नेता गणेश कार्कीले सामाजिक सञ्जालमार्फत यस विषयमा आएका केही समाचारहरू ‘भ्रमपूर्ण’ भएको स्पष्ट पारेका छन्। उनका अनुसार, पार्टीको विधान संशोधन प्रक्रिया अन्तर्गत पदाधिकारीको संख्या १३ मा सीमित गर्ने सिफारिस गरिएको थियो। यसअन्तर्गत सह कोषाध्यक्षको पद एक जनामा सीमित गरिएको हो।
त्यसबेला सह कोषाध्यक्षमा बसुमाया तामाङ र दीपक बोहरा दुवै रहेकाले विधानको पालना गर्दै बोहराले पद छोडेका हुन्। कार्कीका भनाइमा, यो निर्णय पूर्ण रूपमा विधानअनुसार र आपसी सहमतिमा गरिएको हो।
हेर्नुहोस रास्वपा नेता कार्कीको स्टाटस





















