काठमाडौं – कुवेतमा एक नेपाली युवकले आत्महत्या गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर–४ शिवनगरका ३३ वर्षीय हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर ज्यान दिएका हुन्।

फ्लाइओभरबाट कपडा खोलेर हाम फालेपछि उनलाई सडकमा गुडिरहेको गाडीले समेत किचेको बताइएको छ।

गौतम आठ दिनअघि मात्रै सवारी चालकको काम गर्न कुवेत पुगेका थिए। उनी पुगेको दिनदेखि नै अस्वभाविक व्यवहार देखाइरहेको उनका साथीहरूले बताएका छन्। मानसिक अवस्था अस्वस्थ भएको प्रारम्भिक अनुमान गरिएको छ।