काठमाडौं—उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका भिडियो र हल्ला भ्रामक रहेको उनको सचिवालयले जनाएको छ।

मंगलबार (भदौ २४ गते) जारी विज्ञप्तिमा सचिवालयले पौडेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको भन्दै विभिन्न हल्ला र भिडियोहरू फैलाइएका छन्, तर ती सबै भ्रामक हुन्।”

सचिवालयले जनतालाई अफवाहमा नपरी तथ्यमा आधारित सूचनामा मात्र भर पर्न आग्रह गरेको छ।