काठमाडौं — जेनजी आन्दोलनपछि चर्चामा रहेका सागर ढकाल काठमाडौं आएका छन्। उनी आज धनगढीबाट काठमाडौं आइपुगेका हुन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले आफू कुनै पदका लागि नभई युवाहरूका माग समन्वय र मध्यस्थता गर्न तयार रहेको बताएका छन्। उनले भनेका छन्, “प्रिय जेनजी, नमस्ते। डडेल्धुराबाट काठमाडौं आइपुगेको छु। हजुरहरूलाई सकेको सहयोग गर्ने छु। हामीले विश्व इतिहास बनाएका छौँ, यो सामान्य कुरा होइन। कुनै पनि पदको लागि नभई हजुरहरूको पछि बसेर समन्वय तथा मध्यस्थताको भूमिका खेल्न तयार छु।”

यसअघि जेनजी समूहका केही युवाहरूले बन्ने सम्भावित अन्तरिम सरकारको नेतृत्वका लागि सागर ढकालको नामसमेत प्रस्ताव गरेका थिए। यही सन्दर्भमा उनले धनगढीबाट काठमाडौं आउने निर्णय गरेका हुन्।