विराटचोक — मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा सरसफाइका लागि नगरवासीहरूलाई आह्वान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले एक सूचना जारी गर्दै सरसफाइका लागि नगरवासीहरूलाई आह्वान गरेका हुन् । 

नगरपालिकाको कार्यालयमा भदौ २४ गते भएको चोरी तथा लुटपाट, आगजनी, तोडफोड कारण भएको फोहोरहरु सफाई गर्न भदौ ३१ गते (मंगलवार) बिहान ८ बजे सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

सूचनामा सरसफाइमा सहभागी हुने व्यक्तिहरूलाई लाठो, झाडु र व्यक्तिगत सुरक्षा सामग्री (आफ्नोसँग भएको) लिएर आउन अनुरोध गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरवासीहरूको सक्रिय सहभागिताबाट कार्यालय छिट्टै पूर्ववत् अवस्थामा फर्काउन सकिने विश्वास व्यक्त गरेका छन्।

2b574b3b-1243-47ae-9221-fc8d1cc69a46