काठमाडौं — जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बनेपछि देशभर ६८ वटा बैंक शाखा कार्यालयमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर पुगेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले यस्ता आक्रमण भएपनि बैंकिङ प्रणाली भने सामान्य र सुरक्षित रहेको स्पष्ट पारेका छन्।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपछि बोल्दै गभर्नर पौडेलले आन्दोलनकारीहरूले बैंकहरूलाई विशेष टार्गेट गरेको देखिँदैन भनेका छन्। "अहिलेको अवस्थामा सबैको मनोबल घटेको छ, त्यसलाई बढाउन आवश्यक छ," उनले भने।

डा. पौडेलले अनुभवी अर्थमन्त्री खनालको नियुक्तिले अर्थतन्त्रलाई स्थिर बनाउने र काम गर्न सहज हुने विश्वास पनि व्यक्त गरे।