काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बिग्रन नदिन सरकार र सरोकारवालालाई गम्भीर हुन आग्रह गरेका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोड स्थलको शनिबार निरीक्षण गर्दै उनले यस्ता घटनाले लगानीमैत्री वातावरणमा दीर्घकालीन असर पार्ने बताए।
‘यस्ता घटनाले आर्थिक विकासमा प्रत्यक्ष असर पर्छ,’ ढकालले भने, ‘सरकार, राजनीतिक दल र सरोकारवालाले लगानीमैत्री वातावरण कायम गर्नुपर्छ।’
उनका अनुसार आन्दोलनमा घुसपैठका कारण ठूला, मझौला र साना उद्योगका सम्पत्तिमा आक्रमण भएको र त्यसले दैनिक उत्पादन तथा रोजगारीमा प्रत्यक्ष असर पारेको छ।



















