काठमाडौँ — मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ। असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेर ३०१५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँमा पुगेको रेकर्ड छ।