इलाम—इलामको देउमाइ–९, जीतपुरका १५ जना युवा अस्ति एकै दिन मलेसिया रोजगारीका लागि प्रस्थानपछि गाउँ नै सुनसान बनेको छ।

खेतबारीदेखि सामुदायिक कामसम्म सक्रिय रहेका युवाहरू विदेशिएसँगै अब गाउँमा वृद्ध, महिला र बालबालिका मात्रै बचेका छन्।

रोजगारीको अभाव र आर्थिक चुनौतीका कारण बढ्दो युवा पलायनले गाउँको सामाजिक–सांस्कृतिक जीवन र विकास कार्य प्रभावित बन्न थालेको स्थानीयले बताउँदै दिगो रोजगारी र प्रभावकारी योजनाको आवश्यकता औंल्याएका छन।