काठमाडौं—सुशासनको नारा दिएर काण्डै काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह यतिबेला चौतर्फी विवादमा छन् ।
काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दा दशकै ६ वटा महानगरमध्ये सबैभन्दा पुछारमा झार्न ‘सफल’ मेयरको पहिचान बनाउनु भएका बालेन शहीदको सालिकमा माला फालेर अपमानदेखि बाटोमा गाडीमा हान्दै हिँड्ने र आफ्नै समर्थकलाई धक्कामुक्का राष्ट्रिय झण्डाको अपमान गरेको दृश्य यतिबेला भाइरल बनेको छ ।
बनाउन नजान्ने, बिगार्ने मात्रै काममा अब्बल रहेका बालेनको त्यो भन्दा ठूलो विवाद चाहिँ नागरिकतादेखि राजस्व छलीसम्मको विवादमा रहेका व्यापारीबाट आठ करोडको गाडी उपहारको विवाद सवैतिर पुगेको छ । काम गर्न असक्षम प्रमाणित भएपछि काठमाडौं महानगरका जनताले लखेट्ने निष्कर्षका साथ बिचैमा छाडेर केपी ओलीसँग भिड्ने भन्दै झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बालेनले व्यापारीबाट गाडी उपहार लिएको विवाद सेलाउन नपाउँदै भन्सार छलीको विषय बाहिर आएको छ ।
करोडौँको गाडी उपहार दिने बालेनको दोस्त व्यापारीले राजस्व छली गरेको सम्बन्धी सबै कागजात भन्सार विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उठाएर लगेपछि थप चर्चामा छ ।सो विषयमा भन्सार विभागसँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको हो । बालेनले चढिरहेको गाडी गुट्खा र चाउचाउ व्यापारी कमलकिशोर मालपानीको हो । विवादास्पद पृष्ठभूमिका मालपानीको यशोदा फुड्स, श्रीराम टोबाको, त्रिमूर्ति इन्टरप्राइजेजलगायतका कम्पनी छन् ।
तीन महिनाअगाडि अर्थात् २०८२ असोज २३ गते वीरगञ्ज भन्सारबाट छुटेको बालेनले उपहार पाएको सो गाडी त्रिमूर्ति इन्टरप्राइजेजका नाममा दर्ता छ । बालेन र मालपानीका छोरा निकेश साथी हुन् । बालेन समूहले मालपानीसँग गाडी मागेको थियो । बालेनले उपहार प्राप्त गरेको सो गाडीसँगै अरू डेढ दर्जन गाडी भित्रिएको पाइएको छ । जसमा दुईवटा ल्याण्ड रोभर डिफेण्डर गाडी रहेको छ । आठ करोड मूल्य पर्ने भनिएकोमा बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको गाडी बालेनसँग छ ।
बालेनले चढेको डिफेण्डरमा ७६ लाख र सोही मोडलको अर्को गाडीमा ७३ लाख रुपैयाँ राजश्व छली भएको पाइएको छ । भन्सार स्रोतका अनुसार डलरको भाउ तलमाथि भएको कारणले राजश्व छलीको रकममा फरक परेको हो । डेढ दर्जन गाडी भित्र्याउँदा करोडौँ रुपैयाँ राजश्व छली भएको स्रोतको जिकिर छ । गाडी काइरोस इन्टरनेशनल भित्र्याएको हो ।
काइरोसलाई मालपानीनिकट कम्पनीको रूपमा चिनिन्छ । भन्सार स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार छानबिनको क्रममा बिचौलियाका रूपमा परिचित दीपक भट्टसँगको मिलीभगतमा हङकङमा नक्कली कम्पनी खडा गरेर गाडी ल्याएको पाइएको छ ।
मालपानीले भट्टकै दबाबमा बालेनलाई सो गाडी दिएको विषय यसअघि नै खुलिसकेको छ । स्रोतका अनुसार मालपानीको कम्पनी यशोदा फुड्सका सिइयो रघुनाथ घिमिरेमार्फत भट्टले पनि बालेनलाई गाडी दिन मालपानीलाई दबाब दिएका थिए । जनता टाइम्स बाट



















