काठमाडौं । विश्वमा नेपाल गौतम बुद्ध र सर्वोच्व शिखर सगरमाथाका कारण चर्चित छ । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावाया राजपक्षले बुद्धको जन्मभुमिका रुपमा नेपालको श्रीलंकनहरुका मुटुमा विशेष स्थान रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री के पी शर्मा ओलीले राजपक्षलाई राष्ट्रपति निर्वाचित भएकोमा ट्विटर मार्फत दिएको बधाईमा जवाफ फर्काउदै उहाँले यस्तो कुरा बताउनु भएको हो । ट्विटर मार्फत नै ओलीलाई धन्यवाद दिदै राजापक्षले सार्क क्षेत्रको आर्थिक संवृद्धि र शान्तीपुर्ण सहअस्तित्वका लागि काम गर्ने बताएका छन् ।

उहाँले ओलीसँग चाडै भेट्ने आशा व्यक्त गर्नुभएको छ । राजापक्ष पुर्व राष्ट्रपति महिन्दा राजापक्षका भाई हुनुहुन्छ । उहाँले श्रीलंकामा तामिल बिद्रोहीहरुलाई दबाउन प्रमुख भुमिका खेलेको बताइन्छ ।