युएई,२ माघ । आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटनाहुँदा ६ जनाको ज्यान गएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।  दुर्घटनामा ६ नेपाली घाइते भएका छन् । 

बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।