इटहरी ५ का हरीप्रसाद आर्चायले ८ बर्षको उमेर देखिनै गाईपाल्दै आउनुभएको छ । अहिले पनि उहाँले १४ वटा गाई पालिरहनुभएको छ । उहाँले गाई पाल्न थालेको यतिका बर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाँउनुभयो । इटहरी उपमहानगरले अनुदानमा कुटी काटने मेसिन र दुघ राख्ने क्यान प्रदान गरेपछि ७६ बर्षका जेष्ठ नागरिक आर्चाय निक्कै खुशि देखिनुहुन्थ्यो ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले आज १५ जनालाई कुटिकाटने मेसिन,५ जनालाई दुई दुइवटा क्यान र पाँचजनालाई क्रिम निकाल्ने मेसिन प्रदान गर्नुभएको हो । उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर वनाउन बिभिन्न समाग्री प्रदान गरिएको वताउनुभयो ।

उहाँले सात लाख वरावरको समाग्री प्रदान गरिएको वताउनुभयो । समाग्री प्राप्त गर्ने इटहरी ७ का कृषक रमेश भटटराईले स्थानीय सरकार पशुपालक कृषकका साथमा भएको आभाष मिलेको वताउनुभयो । उपमहानगरले पचास देखि सत्तरी प्रतिशत अनुदानमा ती समाग्री वितरण गरेको हो ।

82796041_10217499149563380_5836630748743860224_n 82989359_3504374512968830_3286876800193396736_o