बेलबारी / बेलबारी नगरपालिकाले प्रोत्सान गर्न थालेसगै बिदेशमा गएका युवाहरुको आकर्षण ब्यासायिक कृर्षिमा जान थालेको छ । बिदेश गएका युवाहरु आपनै ठाँउमा आएर लगानि गर्न थालेका छन् । बेलबारी ६ बोराबाधका सन्देश खत्रि विगत आठ –दश बर्ष अघि तिन वटा देशमा गए । विभिन्न कम्पनिमा काम गरेका उनले अहिले घरमै वसेर बिदेशको कमाई भन्दा राम्रो आमदानि गरीरहेका छन् ।

89434936_1668226793346395_1488776264843001856_o

लामो समय अर्काको देशमा पसिना बगाइयो खत्रिले भने बिदेशमा समेत कमाई नभएपछि नेपालमा आएर गाइपालन गरेको हु । अहिले मेरो गोठमा प्रन्ध्रवटा जर्सीगाइ छन खत्रिले भने दैनिक १सय लिटर सम्म दुघ बेच्छु । उनले थपे अहिले केहि गाई ब्याउने रहेको र केहि गाई थाकौटा भइसकेका छन । डेढ बिघा जग्गामा बहुवर्से घास तथा अढाई बिघामा सिजन अनुसारको घास लगाउने गरेको उनि बताउछन् । एक जना लाई रोजगारी समेत दिएको उनि बताउछन् । बिदेशमा जाने युवाहरुको कमाई जग्गा किन्न तथा घर बनाउन प्रयोग भएको पाईन्छ ।

88452772_1668227540012987_5416720072615919616_o

खाडिमुलक वाट फर्केर आफनै माटेमो पौरख गरेर केहि युवाले मासिक लाखौ रुपैया आमदानि गरीरहेका छन् । बेलबारी ७का सुरेन्द्र कार्की पनि बिदेशबाट आएर आफनै माटोमा आफना पाखुरा बजारी रहेका छन् । बिदेशमा भन्दा नेपालकै कमाई राम्रो भइरहेको उनि बताउछन् । दैनिक ५० देखी ६० लिटर सम्म दुध बेचेर तिन बर्षमा इटहरीमा भिटा किनेको उनि सुनाउछन् । घर परिवार भन्दा वाहिर बस्दा समेत कमाई गर्न सकिन कार्कीले भने अहिले बर्षमा ५ लाख सम्म आमदानि गर्ने गरेको उनि बताउछन् ।

गर्न सक्दा नेपामै सुनफल्छ भन्थे अहिले आफना लागि त्यस्तै भएको सुनाउछन् । मलेसियामा ६ बर्ष साहुदि २ बर्ष बिताएका कार्की दुघ बेचेरनै राम्रो आमदानि गर्न थालेपछि बिदेशको माह हटेको बताउछन् । यस्तै कतारमा सेक्रेटीमा ४ बर्ष काम गरेका मंजुल लिम्बुले सुगुर पालन गर्न थालेका छन् । ४ बर्ष सम्म कतारमा बस्दाको पिडा सम्झदै मन्जुलले भने बिदेश जाँदा लाग्ने खर्चले चार बर्ष अघिनै याहाँ लगानि गरेको थिए भने राम्रो आमदानि गर्ने थिए । १५ माउ बाट बच्चा उत्पादन गरेर बेच्ने गरेको उनि बताउछन् ।

एउटा बच्चा ६ हजार भन्दा माथिको बिक्रि हुने गरेको उनि बताउछन् । दश बर्षे जनयुद्ध पछि बिदेश गएका युवाहरु आफनै ठाँउमा लगानि गरीरहेका छन् । बिदेश वाट फर्केर नेपालमै कृषि तथा पशुपालनमा लाग्ने युवाहरुलाई प्रोत्सान गर्ने जस्ता कार्यक्रमहकरु स्थानियतहरुले ल्याएपछि हौसला समेत थपिएको छ । बिदेश बाट आउने युवाहरुलाई गरिवसँग नगरपालिका कार्यक्रमनै दिएर प्रोत्सान गर्ने गरेको बेलबारी नगरपालिकाका ज्ञानेन्द्र सुवेदिले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहलगायतको टोलिले बेलबारी भित्र रहेका केहि फर्महरुको अनुगमन समेत गरेका छ । नगरपालिकामा दर्ता भएर ब्यबसायिक फमहरुको अनुगमन गरीएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहाले बताए ।