जाते,२८फागुन। मोरङको लेटाङ ८ स्थित नोबेल एजुकेसन एण्ड डेभलपमेन्ट फाउन्डेसनको १० कक्षामा अध्यनरत बिद्यार्थीहरुको बिदाइ कार्यक्रम भएको छ ।
एस.इ.इ.परिक्षाको तयारीमा जुटेका कक्षा १० मा अध्यन पुरागरेका बिद्यार्थीहरुलाइ सोमबार कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुको आयोजनामा बिदाइ कार्यक्रम भएको हो ।
यहि चैत्र ६ गतेदेखि सुरुहुन लागेका २५ जना बिद्यार्थीहरुलाइ परिक्षामा सफलता सहितको सुभकामना सहित बिदाइ कार्यक्रम गरिएको नोबेलका प्रीन्सिपल भोलानाथ पाण्डेले बताए।
ग्रामीण क्षेत्रमा अवस्थित सान्त वातावरणमा पढाईहुने सो बिधालयमा ६ सयजना विद्यार्थीहरु अध्यन गरिरहेका छन भने गत सालको एस.इ.इ. परिक्षामा १८ जना विद्यार्थीहरुले सत प्रतिशात नतिजा निकाल्न सफल भएका थिए ।
भोलि फाल्गुन २९ गते बिहिवारका दिन नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फ़ाउन्डेशन को आयोजना तथा CTF नेपालको विशेष सहयोगमा अभिभावक अभिमुखीकरण तथा प्रसिक्षण कार्यक्रम Motivational training पनि हुने बिधालयले सूचना गरेको छ ।




















