सजिवनलाई ड्रमस्टिक या मोरिंगा को नाम बाट चिनिन्छ l मोरिंगा ओलिफेरा (Moringa Oleifera) एकदमै चाँडो बढ्ने खालको वृक्ष हो l यसको असाधरण पोसाक तत्वको कारणले यसलाई अत्यधिक मुल्यवान वृक्ष मानिन्छ l यो वृक्ष उस्ण कटीबंधीय(Tropical) र उपोस्ण कटीबंधीय (Sub-Tropical) क्षेत्रमा एकदम चाँडो बढ्छ l116452257_1196337794035595_4133253764062762681_n

 


                            लेखक: दिपेशजंग खुलाल (एम.एस.सि.एजि. हिकास्ट )

सजिवनको फल गुदिदार हुन्छ र पकाएपछि ७० प्रतिसत भाग खानयोग्य हुन्छ l सजिवन एकचोटी लगाएपछि ४-५ वर्ष सम्म लगातार फल दिने गर्छ l प्रतेक बर्ष फल लिईसकेपछि जमिन बाट १ मीटर छाडेर बोटलाई काट्न अति आवस्यक हुन्छ l सजिवनको हरेक हिस्सा एकदमै फाइदाजनक छ जुन चै खानुको साथ साथ बिरामीको उपचारको लागि उपयोग गरिन्छ lसजिवन को फाइदा तथा अनेकौ गुण छन् l सजिवनको बोट सामान्यत : बर्षमा एकचोटी फुल्ने र फल लाग्ने गर्छ l यसको फल पातलो लामो र हरियो रंगको हुन्छ र रुखको हाँगाबाट तल तिर झुलेको हुन्छ l यसको बोट ४-६ मीटर अग्लो हुन्छ र ९०-१०० दिनमा फुल फुल्न सुरु गर्छ l जरुरत अनुसार विभिन्न अवस्थामा फललाई चुडाइन्छ l बोट लागको लगभग १६०-१७० दिनमा फल तयार हुन्छ l एक बर्षमा एउटा बोट ६५-७० से. मी. लामो तथा औसतमा ६.३ सी.मी मोटो, २००-४०० फल (४०-५० किलोग्राम) हुने गर्छ l

यसमा ९२ खालको मुल्टीभिटामिन, ४६ खालको एन्टी अक्सिडेन्ट, ३६ खालको दुखाई कम गर्ने र १८ खालको एमिनो एसिड गुणहरु पाईन्छ l सजिवनको पत्ता पशुलाई आहारको रुपमा दिंदा पशुको वजनको साथसाथै दुधमा पनि बृद्धी भएको रिपोर्ट छ l यति मात्र नभएर यसको पातलाई पानीमा घोल बनाएर बोटबिरुवा मा छर्दा बोटबिरुवा को अधिक बृद्ध हुने गर्दछ l यति धेरै गुण भएका कारणले गर्दा सजिवन चमत्कार भन्दा कम छैन भनिएको हो l

सजिवन लगाउने बिधि :
सजिवनको बिउ अथवा हाँगाको टुक्रा, दुवै बाट प्रबर्धन गर्न सकिन्छ l राम्रो र बर्षमा २ चोटी फलाउनको लागि बिउ लगाउदा एकदम राम्रो हुन्छ l एक हेक्टरमा खेति गर्नको लागि ५००-६०० ग्राम बिउ पर्याप्त हुन्छ l बिउ लाई सिधा खाल्डोमा लगाईन्छ l २.५ * २.५ मीटरको दुरीमा प्रति हेक्टर १६०० बिरुवा लगाईन्छ l ४५ * ४५ * ४५ से. मी आकारको खाल्डो बनाएर बिउलाई खाल्डोको बिचमा रोपिन्छ l १०-१२ दिनपछि खाल्डोमा रोपिएको बिउ उम्रिन्छ l एक महिना भएको बिरुवालाई पहिले तयार परेको खाल्डोमा जुलाई- सेप्टेम्बर सम्म मा रोप्न सकिन्छ l

रेटुनिंग :
जब सजिवन टिपेर सकिन्छ, तब बोटलाई जमिनबाट १ मीटरको उचाईमा रेटुनिंग को लागि काटिन्छ र रेटुनिंग पछि चार या पाँच महिना मा फेरी फल लग्न थाल्दछ l यसको उत्पादन चक्र भरि ३ चोटी रेटुनिंग गरिन्छ l

सजिवन व्यवस्थापन गर्ने तरिका :
बोट जब लगभग ७५ से. मी को हुन्छ तब बोटको माथिल्लो भाग काटिन्छ जसले गर्दा शाखा बाट हाँगाहरु निस्कन सजिलो हुन्छ l रोपेको ३ महिना पछि १०० ग्राम युरिया + १०० ग्राम सुपर फोसफेट + ५० ग्राम पोटाश प्रति खाल्डो हाल्ने र ३ महिना पछि पुन: १०० ग्राम युरिया प्रति खाल्डो हालिन्छ l
सजिवनमा गरिएको सोध खोज बाट यो पाईयो की मात्र १५ किलोग्राम गोबरमल प्रति खाल्डो तथा एजोसपिरिलम अथवा पी. एस. बी. (५ किलोग्राम/हेक्टर) को प्रयोग ले जैविक सजिवन खेति गर्न र उपज कुनै रास बिना गर्न सकिन्छ l
राम्रो उत्पादनको लागि सिंचाई एकदमै लाभदायिक हुन्छ l खाल्डोमा बिउ रोपिएको भए बिउ उम्रनको लागि माटोमा नमी अथवा चिस्यान हुन एकदम आवस्यक हुन्छ l फुल लाग्ने समयमा खेत ज्यादा सुख्खा या गिलो रहयो भने फुल झर्ने समस्या हुन सक्छ l

फल टिप्ने समय अथवा उपज :
बर्षमा २ चोटी टिपीने सजिवन सामान्यता: फरवरी- मार्च र सेप्टेम्बर- अक्टुबर मा टिपिन्छ l प्रत्यक बोटबाट लगभग २००-४०० ( ४०-५० किलोग्राम ) सजिवन प्राप्त गर्न सकिन्छ l बजारको माग अनुसार सजिवन १-२ महिना सम्म टिप्ने प्रक्रिया चलीराख्छ l सजिवनको फलमा रेसा आउनु भन्दा अगाडिनै टिप्नना ले बजारमा माग बढीराख्छ र लाभ पनि ज्यादा मिल्छ l

सजिवनको अंतरबली पद्दति :
सजिवन एक सुख्खा सहन सकने वृक्ष हो जसको विकास र उत्पादनको लागि कम पानि आवस्यकता हुन्छ l सजिवन संग अन्तरबालीको लागि यस्तो बाली छान्नु पर्छ जसले सुख्खा सहन सक्छ र माटोको प्राथमिकता पनि सजिवन संग समान रहोस l सजिवन को बगैंचामा लहरे बाली जस्तै : करेला, लौका, घिरौला लाउन सकिन्छ किनकि सजिवन को बोटले सहारा प्रधान गर्छ l गर्मि कम सहन सक्ने लाई छायाँ प्रदान गर्नको लागि सजिवन को बोट लाउन सकिन्छ l सजिवन संग टमाटर, खोर्सानी, सागपात लाउन सकिन्छ l मकै, कोदो, बदम, दाल आदि पनि पानि पर्ने समयमा सजिवनको साथमा खेति गर्न सकिन्छ l

साना किसानको लागि सजिवन खेतीको फाइदाहरु :

 सजिवन लाई न्युनतम सिंचाई सुविधा आवस्यक पर्दछ l यसलाई बढी परिश्रमको आवस्यकता पर्दैन र परिवारकै सदस्यहरु बाट असानी पुर्बक विभिन्न प्रबंधन गर्न सकिन्छ l यसलाई कम मात्रामा कम्पोस्ट र गोठे मलको आवस्यकता पर्दछ l

साना किसानहरुले १ हेक्टर भन्दा कम मा खेति गर्ने भएको कारणले, यस उत्पादनलाई स्थानिय बजार मा आसानिको साथ बेच्न सकिन्छ l

सजिवनको बोट बाट गुदी निकालेर कपडा अथवा कागज उद्योगमा प्रयोग गर्न सकिन्छ, जुन साना किसानको लागि एउटा अतिरिक्त लाभ हुनसक्छ l                                                                                                       

 सजिवनको गुण एवं उपयोग : 

 सजिवन एक बहुपयोगी वृक्ष हो l बोटको सबै भागको प्रयोग खानामा, औषधी, औधोगिक काममा गर्न सकिन्छ l सजिवनमा प्रचुर मात्रामा पोषक तत्व र भिटामिन हुन्छ l एक अध्ययन को अनुसार यसमा दुधको तुलनामा चार गुणा पोटासियम तथा सुन्तला को तुलनामा सात गुणा भिटामिन ‘सी’ पाईन्छ l  

  • सजिवन लाई न्युनतम सिंचाई सुविधा आवस्यक पर्दछ l
  • यसलाई बढी परिश्रमको आवस्यकता पर्दैन र परिवारकै सदस्यहरु बाट असानी पुर्बक विभिन्न प्रबंधन गर्न सकिन्छ l
  • यसलाई कम मात्रामा कम्पोस्ट र गोठे मलको आवस्यकता पर्दछ l
  • साना किसानहरुले १ हेक्टर भन्दा कम मा खेति गर्ने भएको कारणले, यस उत्पादनलाई स्थानिय बजार मा आसानिको साथ बेच्न सकिन्छ l
  • सजिवनको बोट बाट गुदी निकालेर कपडा अथवा कागज उद्योगमा प्रयोग गर्न सकिन्छ, जुन साना किसानको लागि एउटा अतिरिक्त लाभ हुनसक्छ l सजिवनको गुण एवं उपयोग : सजिवन एक बहुपयोगी वृक्ष हो l बोटको सबै भागको प्रयोग खानामा, औषधी, औधोगिक काममा गर्न सकिन्छ l सजिवनमा प्रचुर मात्रामा पोषक तत्व र भिटामिन हुन्छ l एक अध्ययन को अनुसार यसमा दुधको तुलनामा चार गुणा पोटासियम तथा सुन्तला को तुलनामा सात गुणा भिटामिन ‘सी’ पाईन्छ lसजिवनको बोक्रा, पात, बिउ, गुदी, जरा इत्यादी बाट अयुर्वेदिक औसधि तयार परिन्छ, जुन लगभग ३०० प्रकारको बिमारीलाई निको पार्ने काम गर्छ l
  • सजिवनको बोट बाट गुदी निकालेर कपडा अथवा कागज उद्योगमा प्रयोग गर्न सकिन्छ l
  • सजिवनको पात अथवा फुल घरेलु उपचारमा हर्बल मेडिसिन को रुपमा प्रयोग गरिन्छ l
  • सजीवन(ड्रमस्ट‍िक) को प्रयोग धेरै किसिम को बिमारी को उपचार गरिने गरिन्छ। रुघा खोकी, घाटी चिलाउने र छाती मा
  • कफ़ जम्दा पनि सजीवनको प्रयोग गर्दा फाइदा हुन्छ।
  • सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
  • हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।
  • कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
  • उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।
  • रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।
  • गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
  • छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।
  • सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
  • सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।
  • सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।
  • सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पतिमानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।
  • सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।
  • सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।
  • कलेजो खराब हुनबाट जोगाउँछ ।
  • चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।
  • छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ ।
  • सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ ।
  • मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
  • शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।
  • पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ ।

सजीवनको सुप पिउनको फाइदा :

  • सजिवनको सुप को नियमित सेवन गर्नाले सेक्सुअल हेल्थ राम्रो हुनेगर्दछ। सजीवनले महिला र पुरुषको लागि समान फाइदा गर्दछ ।
  • सजीवनमा एंटी ब्याकटेरियल गुण पाइने गर्दछ जुन धेरै किसिमको संक्रमण बाट सुरक्षित राख्न सहयोग गर्दछ ।
  • सजिवनको सुप पाचन तन्त्र लाई पनि बलियो बनाउने गर्दछ। यसमा भएको फाइबर्सले कब्जियतको समस्या हुन दिदैन ।सजीवन को सुप पिउदा सबै भन्दा धेरै फाइदा गर्दछ। यसमा भरपुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन ‘सी’ को बदलामा यसमा बीटाकैरोटीन, प्रोटीन हुन्छ । यो म्याग्निज, म्याग्नेशियम, पोटाशियम र फईबर प्रसस्त मात्रा मा पाईन्छ । यो सबै तत्व शरीरको पूर्ण विकाशका लागि धेरै जरुरी छ ।