कथा उहिलेको हो।७०/८० वर्ष पहिले कुनै पहाडी गाउँको कुनै घरको कथा हो।घरमा सासुससुरा,छोराबुहारी र अरु पनि छोराछोरीहरु थिए।विवाह भने जेठो छोराको मात्र भएको थियो ।कहिले काहिँ बुहारीले सुटुक्क कसैले थाहा नपाउनेगरि धानचामल बेच्ने गर्थिन।त्यस बेला अन्नको,लुगाको र पैसाको ज्यादै ठूलो अभाव थियो।सार्‍है जतन र फारु गरेर घर संचालन गर्नुपर्थ्यो।

यो कुरा जान्न इच्छा हुनेले ७०/८० वर्षका आमाबाहरुलाइ सोधे छर्लङ्ग हुन्छ।गोप्य रुपमा सासू भकारी र चामल राख्ने भाँडामा अंगारले चिन्ह लगाउँथिन।केही पनि कसैलाई पनि भन्दैन थिइन् ।बुहारीको बानी कसरी सुधारौ भन्ने चिन्ता भने थियोे ।एकदिन बुहारीले सुटुक्क चिउरा कुट्नको लागि धान लगेर गाउँमा कसैलाई दिइन।सासुले चाल पाइन्।

बुहारीलाई चिउरा खान मनलागेको बुझेर।बुहारीलाई एकहप्तासम्म दही दूध केरा चिउरा खान दिइन।माया पनि बढाइन।सासू: "दुलही तिमीले चिउरा कुट्न दिएकी रहिछौ।जाउ लिएर आउ।अरुलाइ किन दुख दिनु आफै कुटौला।कुटेकोभए चिउरा लिएर आउ।" बुहारीले चिउरा ल्याइन।सासू रीसाइनन र परिवारमा कसैलाई पनि भनिनन।अबभने बुहारीलाई पछुतो लाग्न थाल्यो।

गलती महसुस गरिन।मनमा सार्‍है पीर पर्‍यो ।दिनमा भोक र रातमा निद्रा पनि लाग्न छोड्यो।दुब्लाउँदै गइन।सासुभने विचार गरिरहेकी थिइन् ।सासू:"दुलही तिमीलाई सन्चो छैन कि क्याहो?अराम गर,काम नगर।बुहारी भने भक्कानु परेर रोइन र रुदै भनिन-बज्यै मैले यत्रो ठूलो गलती गरे तर तपाईले त केहीपनि भन्नू भएन नि?परिवारमा पनि कसैलाई भन्नू भएन किन?

सासू: हेर तिमीले सानो गलती गर्‍यौ ।यो कुरा परिवारलाई भनेर म तिम्रो अपमान गर्न चाहन्न।हेर लोग्ने मान्छेले घरभित्रको अनि हामी महिलाहरुको मर्म कहिल्यै बुझ्दैनन।सुनाएर के गर्नु र झगडाको बिउ मात्र रोपिन्छ।सर्वप्रथम त महिलाको मर्म महिलाले नै बुझ्नुपर्छ।हाम्रो घरले र मैले धान्न सक्ने सम्मको तिम्रो इच्छा पुरागर्न सधैं प्रयत्न गर्छु।

म पनि महिला हुँ तिमी पनि महिला हौ।आज म तिम्री सासू भएँ।भोलि तिमी पनि म जस्तै सासू हुन्छ्यौ।फरक पो के छ र?यो त जीवन यापनको मात्र एउटा पाटो हो।तिमीले पनि तिम्री बुहारीको मर्म बुझ्नुपर्छ ।हिजो म पनि त बुहारी थिए।केही कठिनाइहरु भए तर आज म त्यो कठिनाइ तिमीले भोग्न नपरोस् भन्नचाहन्छु

मैले केही नभने पनि केही नगरे पनि तिमीले आफ्नो गलती स्वतफुर्त स्विकार गर्‍यौ यहाँ भन्दा ठूलो माहानता संसारमा अरु केही छ र?
यो कुरा मैले परिवारमा बताएको भए। गाउँभरी हल्ला हुन्थ्यो।हाम्रो परिवारको बदनाम हुनथ्यो।
मेरा पनि छोरी छन।तिमी जस्तै अरुका बुहारी छन।यो कुरा पनि मैले सम्झनु पर्दैन र?हेर दुलही सासुबुहारीको झगडा त एउटी महिलाले अर्की महिलाको मर्म नबुझे कै कारणले मात्र भएको हो।म जसरी यो घरमा आएँ।तिमी पनि त्यसरी नै आएकी हौ।फरक छ र?मैले छोराछोरी पाएँ।तिमी पनि पाउँदै छौ।ब्यथा एउटै छैन र?महिला महिला कै शत्रु भएपछि लोग्ने मान्छे पाजीले के पो गर्न सक्छ र?हात छोड्न बाहेक ।तिमी र म मिले यहाँ यी लोग्ने मान्छेहरुले मात्र के पो गर्न सक्छन् र?तिमी र म नमिलेपछि दुख पाउने पनि तिमी र मैले नै त हो नि?अबभने दुवै थामिन सकेनन् एकले अर्कीलाइ अँगालो हालेर धेरैबेर सम्म रोइरहे।समस्याको गाँठो पनि पत्ता लगाएँ।

निष्कर्ष :
1.अरुले झगडा मिलाएको भन्दा स्वतस्फूर्त आफ्नो गलती स्विकार गरेर मिलेको झगडा हजारौं गुणा प्रभावकारी र दीर्घकालीन हुन्छ।
२आफ्नो बर्ग नचिने दुख पाइन्छ
धेरैधेरै टिप्पणी गर्नुहोला । समाजका लागि अझै धेरै राम्रो कथा बनोस।टिप्पणी गर्नेलाई अग्रिम मुरीमुरी शुभकामना !जयहोस!सबैको जयजय होस!भुलचुक माफ पाउँ।