नेपालमा थप ६४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६०पुगेको छ ।आइतबार २१८ महिला र ४२३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो ।
 
विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १०४ जनाको मृत्यु पुष्टि भएको छ ।
 
नेपालमा थप १३४ कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १७३३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।