म लगाएत मेरो नेतृत्व मा ५० जनाको हाराहारीमा तत्कालीन समाजवादी पार्टी छोडे्र नेकपामा प्रवेश गर्यो यस बीचमा पटक पटक नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल लाई भेट गर्ने अवसर मलाई मिल्यो ।
यस क्रममा वहांको शालिन व्यक्तित्व समय लाई एकदमै उचित ब्यवस्था गर्ने क्षमता मात्र हैन दिनमा सयौं मानिसहरु पार्टी भित्रका र बाहिरका वहां को निवासमा दिनंहु घुईचो लाग्ने र नेता नेपाल लाई भेटे पछि सबै मानिसहरु प्रफुल्ल मुद्रामा बाहिर निस्किएको पाईयो ।
नेता नेपाल ज्युको सरल व्यवहार सबै भेट्न जाने हरूलाई वहां ले गर्ने सम्मानित व्यवहार गम्भीर भएर सवै जनाको कुरा सुन्ने प्रवृत्ति को कारण नेपाल निवास कोटेश्वरमा आफ्ना समस्याहरु लिएर आउने नेकपाका नेता कार्यकर्ता मात्र होइन सबै खालका जनसमुदायहरु को बाग्लो भिडभाड्ले कोटेश्वर निवास प्रधानमंन्ती निवास वालुवाटार हो की भन्ने भान हुन्छ र नेता नेपालको निवासमा देखिएको चहलपहलले नेकपाको नेतृत्व वरिष्ठ नेता नेपालको हातमा भविष्य मा जान्छ र नेपाल जति्को नेता लाई पार्टी को र सरकार को नेतृत्व मा बलियो रुपमा उभियाएको अवस्था मा मुलुकले काचुंली फेर्ने कुरामा कसैको दुईमत छैंन ।
नेता नेपालको वानी व्यवहराले म पनि वहां संग निक्कै प्रभावित भएको छु वहां को विषय मा जसले नकारात्मक टिप्पणी गरीरहेका छन उनीहरुले नेता नेपाल को दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो त्यति मात्र होईन साधा जीवन र उच्च विचारका धनी अंर्तराष्ट्रीय समुदाय ले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार नेता नेपालको बहुआयमिक व्यक्तित्व को कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टी लाई व्यापार को रुपमा पैसा कमाउन पेसा सम्झेका हरु नेता नेपाल को विरोध गरीरहेका छन ।
तर समयको मांग राष्ट्र को जनता को मांग नै नेता नेपाल भईसकेकोले र वहां को भिष्म प्रतिज्ञा ले आज पार्टी फुटाउन खोज्नेहरु पार्टीलाई विधिः पद्धितिमा हिडांउन नखोज्नेहरु आज नेता नेपालको अडानमा आउन बाध्य भएका छन नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टी मा देखिएका रोगहरू निराकरण गर्न नेता नेपालले खेलिरहनु भएको भूमिका नेकपाको इतिहासमा लेखिन्छ यसको सम्पूर्ण नेपाली जनताले नेकपा पार्टीले मूल्यांकन गर्नेपर्छ आज नेता नेपालको विचार मार्गदर्शन वहांको मात्र विचार भएको छैन सिंगों पार्टी को विचार पार्टी को सिद्धांत पार्टी को विधान पार्टी को मार्ग दर्शन पार्टी को पद्धति भएको छ ।
नेकपा पार्टी भित्र देखिएका रोगहरु को नेता नेपालले चिरफार गरेर पार्टी लाई बलियो बनाई नेपाली जनता संग गरेका वाचाहरु पुरा गर्न वहां ले सरकार लाई पनि घच घचाई रहनू भएको छ । नेता नेपालले भन्नु भयो सचिवालय को बैठक राख्नु कयौं चोटी अध्यक्ष ओलीलाइ बिन्ती नै चढाउनु पढेको त्यस्तै नेपाल ले स्थायी कमिटी को बैठक राख्न निवेदन र हस्ताक्षर अभियान नै चलाउनु पर्यो पटक पटक यसरी पूर्व प्रधानमंत्री समेत रहेका नेपाल ले दिएको सत्य तर तिथो यथार्थ ले नेकपा पार्टी मा विधिः मिचिएको छ ।पद्दति मिचिएको छ र पार्टी मा प्रधानमंत्री समेत रहेका ओलीको तानाशाही बढेको छ ।
उनको गतिविधि ले पार्टी र मुलुक लाई कमजोर बनाईरहेको छ पार्टी लाई सही ठांउमा ल्याउन वरिष्ठ नेता नेपाल लड़ाई लडिरहनु भएको छ यहां सम्मकी ओलीले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव लाई ठाडै अस्वीकार गर्नुभयो स्वच्छ छवि का शालिन व्यक्तित्व का धनी कम्युनिस्ट आन्दोलन का धरोहर नेपाली जनताकै अबको आशाका केन्द्र वरिष्ठ नेता नेपाल ले उठाईरहनु भएको एक व्यक्ति एक पद लाई पार्टी को स्थाई कमिटी को बैठक बाटै पारित गरेर गए मात्र अहिलेको नेकपा भित्रको गतिरोध को अन्त हुन्छ !
गलत प्रवृत्ति को विरुद्ध ठाडै प्रहार गर्ने क्षमता का धनी नेता नेपाल को खांचों नेकपा पार्टी मा मात्र होईन राष्टमा खड्किरहेको छ त्यसैले नेकपा पार्टी ले छिट्टै नेता नेपाल लाई जिम्मेदारी दिने कुरामा कन्जुस नगरोस !लामो समय सम्म तत्कालीन नेकपा एमाले को नेतृत्व गरीसक्नु भएका नेकपा का वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल ले तत्कालीन जटिल परिस्थिति मा पनि पार्टी को कुशल नेतृत्व प्रदान गर्नुभएको थियो ।
कम बोल्ने अनावश्यक कुरा नगर्ने स्वभाव का नेता नेपालले माओवादीको बिग बिगीमा एमाले कांग्रेसका सबैजसो हस्तीहरुले चुनावमा पराजय हुदां वहां नेता नेपाल पनि पराजय हुनु स्वभाविकै थियो तर नेता नेपाल ले तत्कालीन एमाले को महासचिव पद बांट राजिनामा दिएर उच्च राजनैतिक संस्कार देखाउनु भयो पदको लागि मरिहत्ते गर्ने जे पनि गर्ने हाम्रो जस्तो देशमा नेता नेपाल को राजीनामाले वहां ले आफ्नो असली रुप देखाईसक्नु भऐको छ !
(लेखक रामप्रसाद रिजाल नेकपा नेता तथा पूर्व सहायक प्रवक्ता समाजवादी पार्टी )




















