पाकिस्तानी प्रधानमन्त्री इमरान खानको यतिबेला सामाजिक सञ्जालमा अत्यधिक आलोचना भइरहेको छ।
साउदी अरेबियाको मक्कामा आयोजित अर्गनाइजेसन अफ इस्लामिक कर्पोरेसन ओआइसीको सम्मेलनका क्रममा इमरान खानले साउदी अरेबियाका राजा सलमानको अपमान गरेकोभन्दै उनको आलोचना भएको हो।
इमरान खानको एक भिडियो सार्वजनिक भएको छ। जहाँ रेड कार्पेटमा इमरान साउदीका राजा सलमानको छेउमा जान्छन् हात मिलाउँछन्।
तर इमरानले सिधा राजासँग नबोलेर अनुवादकसँग बोल्छन्। त्यसपछि उनी सरासर बाहिर निस्कन्छन्।
सामाजिक संजालमा इमरान खानले सलमानको अनादर गरेको भन्ने टिप्पणी भएको छ। इमरानले कुटनीतिक व्यवहार सिक्नुपर्ने बताइएको छ।
खबरहरुका अनुसार दुवै नेताबीच वैठकको समय तालिका थियो। यद्यपी सलमान इमरानको व्यवहारले रिसाए। जसका कारण दुवैबीच वैठक हुन सकेन। मक्कामा ओआइसीको १४ औं सम्मेलन आयोजना गरिएको छ। बीबीसी हिन्दी




















