_____ कथा : तिलप्रसाद गुरागाई
तीनजना साथी परदेश हिडेछन।दुईजनाले खाजासामल ओढ्ने ओछ्याउने सबै बोकेछन।एकजनाले केहिपनी बोकेनछ।दुई साथी मिलेर खाना खुवाए।सुत्ने बेलाभयो।जाडोको समय छ।
कसरी सुतौ त भनेर सल्लाह गरे।एकैठाउँमा जोडेर ओछ्यान लगाए।ओढ्ने छैन ।त्यो केहिपनि नबोक्ने साथीले सियो र धागो बोकेको रहेछ।दुइटा ओड्ने सियो र धागोले जोडे।त्यो केहिपनि नबोक्ने साथी माझमा सुतेछ।
मेरो धागो जहाँ छ त्यही सुत्छु भन्यो।छेउछेउमा सुत्ने साथी हरु चटपटाएको बेलामा बढ्ता होइन है मेरो धागो झिकिदिउँ भनेर हप्काउँदो रहेछ।आज भन्छ भोलि भन्छ सधैं भन्छ।साथीहरुलाइ पनि रिस उठेछ।झिक तेरो धागो भनेछन् ।उसको पालो धागो झिकेछ।
आ आफ्नो ओछ्यानमा आफ्नो ओढेर सुतेछन। उसको हातमा त सियो र धागो मात्रै छ।ओढ्ने छैन।खाने पनि छैन।आफ्नो अवस्थाको मूल्याङ्कन बिर्स्यो।
अबभने सियोले कहिले यता घोच्यो कहिले उता घोच्यो यसरी नै रात बिताउन थालेछ।मौका मिले जोडी पनि हाल्यो ।तोडीपनि हाल्यो।
निष्कर्ष : ठूल्ठूला पार्टीसंग सानासाना पार्टीको सम्बन्ध यस्तैयस्तै हुन्छ जस्तो लाग्यो होकि होइन होला त .............?????




















