__________नागी बिक्रम चन्द
बिषय= स्वास्थ्य ।
मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै काम हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ । तर उ अस्वस्थ छ तर धनवान छ भने पक्कै पनि उ सुखी रहन सक्दैन । "स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो "। जब राज्य संचालन काे जिम्मा नै हामी जनताले दई तिहाई जनमत दिएर । सम्पुर्ण कुराहरु काे प्रष्टता हुदा हुँदै माहाकाली इष्युलाई भुलेर संविधान काे रणक र पारखि बाेकेका हाम्रा नेता र हामी जनता । नेपाल प्रतिकाे भारत नीति असफल हुँदै गर्दा पस्चिमा शक्ति हाबि संगै संविधान जारिहुन बाट राेक्न असफल भऐ संगै ।अर्काे राजनैतिक कार्ड फाल्दै गर्दा का तत्कालीन ऐमालेका अध्यक्ष केपी सर्मा अाेली र भारत कै सहमतिमा भएकाे नाकाबन्दि । माहाकालि काण्ड बिर्सेर नाकाबन्दी खेप्न बाध्य हामी जनताका तर्फबाट भारत बिराेधि हुँदै गर्दा का तत्कालीन केपि अाेली जस्ताे ब्यक्ति अरुकुनै राष्ट्रबादि हुनै सक्दैन भन्ने मानष्किता र सहमतमा गई राष्ट्रबादि नाएक केपि अाेलि भन्दै उफ्रिकै हाे ।
जस्काे जगमा बनेकाे सरकारले जनताका समस्या अन्तर्गत का अतिनै प्रमुख स्वास्थ जस्तो जनता का संबेदनसिल कुरा लाई सजिलै सम्बाेधन गर्छ । भन्ने कुरा काे प्रष्टता नहुनै हाम्रो अर्काे कम्जाेरि हाे ।
मानव सभ्यता काे बिकास र परिवर्तन संगै मानब संख्या बृद्धी हुनु र मानब स्वास्थ मा बिभिन्न समस्या र राेगहरु उत्पन्न हुँदै जानुु। साथै मानब कल्याण काे लागि बिभिन्न खाेज, अध्ययन , अनुशन्धान र बिकल्प का साथ बिश्व अगी बढ्दै गर्दा २१ अाैं सताब्धीमा थप जटील समस्या र चुनौती बिध्यमान हाम्रो देशमा जस्ताकाे तस्तै छन् ।
अाखिर किन र के का लागि ?
बर्तमान केपि सरकार लाई जनताकाे बास्तबिक स्वास्थ समस्या उहाँ स्वयम् अाफुले बुझ्दै नबुझेकाे भन्न मिल्दैन । उहाँ स्वयम् अाफु पनि याे समस्या बाट अलग रहन सक्नु भाकाे पनि हाेईन् ।बुझ्दा बुझ्दै पनि अाखिर किन मौन हुनु हुन्छ त ।याे बास्तबिक समस्या स्वास्थ्य काे भन्दा नि समस्या सहि राजनीति सन्तुलन नहुनु नै हाे । जसरि अहिले बर्तमान सरकार समक्ष डा•गाेबिन्द के•सि ले माग सम्बाेधन गर्दै गर्दा अन्ने पार्टी का सरकार नभाका हुन् र । जसरी पटक पटक अनसन् लाई समर्थन गर्दै गर्दा र अहिले पुनः समर्थन दिएर अहिले काे काङ्ग्रेस र तत्कालीन सरकार मा काङ्ग्रेस का प्रभाबशालि युबा नेता जनताका ढुकढुकि कहलिएका माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा मन्त्री हुदाँ अनसन नबसियकाे हाे र ।खै त त्याे बेला नि युबा नेताले केही गर्न त सक्नुभएनत । राजनीति र सत्ता काे लागि अहिले फेरि बर्तमान सरकार लाई दाेष दिईदैछ । हिजाे अाफु हुदाँ चाई के हेरेर बसेकाे नि जनता लाई अलमल्याएर अर्काे चुनाब काे इष्यु नबाईयाेस । ल मानौं रे ३ बर्ष पछि फेरि काङ्ग्रेस कै सरकार बन्याे रे के तेतिबेला जनताका स्वास्थ्य समस्या सम्बाेधन हाेलान भनेर बिश्वास गर्ने अाधार पनि त छैन ।अाखिर समस्या के हाे त डा• गाेबिन्द के•सी र हामी जनता बुझ्न चाहान्छौं ।
मानव समाज काे बिकास र जनसंख्या बृद्धि संगै । अहिले मात्र समाजमा स्वास्थ्य समस्या थियाे भन्न त्यति सत्य नहाेला । मानब सभ्यता काे बिकास संगै बिभिन्न कालखण्डमा समाजले समस्या पार नगरेकाे पनि भन्न मिल्दैन । बभिन्न युग हुँदै अहिले काे २१ अौं सताब्धी काे युगमा कुन उपचार पद्धति हाबि भयाे भन्ने कुरा प्रमुख हाे ।
हाम्रो देश लगाएत पुरै एसिया त्यसमा प्रमुख भारत जस्ता अन्ने मुलुकहरु का वनस्पति तथा जडिबुटी मा आधारित आयुर्वेद तथा प्राकृतिक उपचार प्रणालीहरु को विकास लाई रोकीयाे । यसको बदला स्वास्थ्य सेवा दिन पश्चिमा चिकित्सा शिक्षा सो शिक्षामा प्रशिक्षित जनशक्ति पश्चिमा कच्चापदार्थ मा आधारित औषिधहरु र पश्चिममा विकसित ठूला महङ्गा प्रविधिहरु हाम्रा जस्ता मुलुकहरुमा प्रवेश गराईयाे । सन् १८१६को सुगौली सन्धिको कारण नेपाल मा खुलेको वेलायती रेजिडेन्सी सँगै पश्चिमा जगतको व्यापारिक पूँजिवाद प्रवेश भयो । यस सँगै एलोपेथिक चिकित्सा प्रणाली हाम्रो समाजमा छिराईयाे । जुन हाम्रो समाज र पुरै एसिया मा आधारित थिएन र छैनपनि । यो वस्तु निर्माण हुने कुनै पनि कच्चा पदार्थहरु जस्तै चिकित्सा शिक्षा औषधिहरु जाँचबुझ प्रविधि आदि स्वदेशमा छैनन् । हामीले गर्ने भनेको पढ्ने र पढेकाे कुरालाई लागु गर्ने मात्र हो। यसैकारण यो सेवा प्रवेश भएको २०० वर्ष भइसक्दा पनि एलोपेथिक चिकित्सा प्रणाली हाम्रो स्वास्थ्य सेवा प्रणालीको रुपमा स्थापित हुन सकेको छैन। वारम्वार नेपालको स्वास्थ्य क्षेत्रमा अनगिन्ति समस्याहरु र वाधाहरु र अन्तरविरोधहरु देखा पर्ने गरिरहेका छन्। त्यसैले स्वास्थ्य सेवा प्रणालीगत समस्याहरु को समाधान कुनै एक व्यक्तिको पवित्र चाहना र प्रयाश बाट सम्भव छैन।
हाम्रो समाजकाे प्राकृतिक उपचार पद्धति र पस्चिमा षड्यन्त्र ।
हाम्रो समाज काे चेतनाको विकास सँगै मान्छेले रोगको कारण खोज्न र उपचार तथा रोकथाम का उपायहरु गर्न थालेको बुझिन्छ। घाउ चोट लाग्ने वित्तिकै मानिसले चिसो बनाउन हावामा राख्थ्यो वा रगतलाई रोक्न चुस्ने वा थिच्ने काम गर्दथ्यो। त्यो पनि उपचार नै हो। रोगको कारण खोज्दै जाँदा पापको कारणले भएको भन्ने सोच्न थाल्यो। देउतालाई भाकल गरेर रोगको रोकथाम र उपचार हुने विश्वास समेत बन्यो। तर, पटक पटकका प्रयोगले रोग निको पार्ने काइदा मान्छे सिक्दै पनि गयो। यो कुरा गाँउका बुढाबुढी खासगरी बृध्दाहरुले आफ्ना सन्तान लाई सिकाउँदै गए। यस्तो अभ्यास संसारका सबैजसो समाज तथा समुदायमा पाइन्छ । यस्तै अभ्यासलाई सग्रह गर्दै विभिन्न उपचार प्रणाली को विकास भएका छन् । हाम्रो पूर्वी जगतमा आयुर्वेदको विकास भयो तर पश्चिममा विकसित एलोपेथिक चिकित्सा उपचार प्रणालीले अरु उपचार प्रणाली लाई जित्यो । पुर्बिय सभ्यता का बिभिन्न बेद र ग्रन्थलाई अाधार मानेर स्वास्थ्य मा पनि पस्चिमी सभ्यता हाबि भयाे । साथै पुँजिबाद सहि मानेमा स्थापित हुन मद्धत पुग्याे । जस्काे कारण २५० बर्ष अघि पस्चिमा साम्राज्य संगै भारत हुँदै नेपाल मा पनि यस्काे प्रभाब पर्न नदिन पृथ्वीनारायण शाह लाई कठाेर कदम चाल्न बाध्य पारियाे ।
मल्लकाल देखि नै पश्चिमा देशहरु त्यसमा पनि भ्याटिकन (रोम) बाट मिसिनरी हरु चीनमा जान समयसमय मा काठमाडौं उपत्यका को बाटोको प्रयोग गर्दथे । उनीहरु भारतको मुम्बइ वा गोवा हुँदै यता आउथे। तराईको भूभागमा औलो लाग्ने हुनाले उनीहरुले जाडो महिनामा त्यो पार गर्दथे। रञ्जित मल्लको समयमा बिस १७४० तिर भक्तपुरमा उनीहरुले चर्च नै बनाएका थिए। जब गर्मी महिनाको शुरुवात सँग हिउँ पग्लिन शुरु हुन्थ्यो उनीहरु चीनतर्फ लाग्दथे । त्यसैमा अष्ट्रेलीयन पादरीहरु पनि यसरी नै आवतजावत गर्थे भन्ने उल्लेख छ। रञ्जित मल्लको समयमा बिस १७४० तिर भक्तपुरमा उनीहरुले चर्च नै बनाएका थिए । गर्मी महिनाको शुरुवात सँग जब हिउँ पग्लिन शुरु हुन्थ्यो उनीहरु चीनतर्फ लाग्दथे। त्यसपछि एकैपटक पृथ्वीनारायण शाह ले एकीकरण अभियान सुरु गरे लगतै । गोरखाली र कीर्तिपुरे बीचको युद्धमा उनका भाइ सुरप्रताप शाहको आँखामा तीरले लागेको थियो । त्यस तीरलाई क्यापुचिन पादरी माइकल एन्जेलोले निकालेका र आँखाको उपचार गरेका थिए भन्ने छ। पृथ्वीनारायण शाहको मिसिनरी हरु प्रति राम्रो धारणा थिएन। उनले ‘मिसिनरी हरु सँग बिकास र बिस्तार र स्वास्थ्य सेवा काे नाम मा बन्दुक र बाइबलसँगै आउछ । तिनीहरु लाई धपाउनु पर्छ भन्ने मान्नेता राख्दथे ।
जाँदा जाँदै ।
अब भन्नुस डा• साब के अहिलेकै राजनैतिक परिस्थिति मा हजुर का माग र हामी जनताका माग सजिलै पुरा हाेलान्त ? हाे बास्तबिकता याे पनि हाे कि । जसरी नेपाल मा राजनैतिक पार्टी र नेताहरुले सत्ता मा नपुगन्जेल जनताका समस्या जस्तैः स्वास्थ्य र शिक्षा लाई सुनौला नारा दिएकै हाे । अहिलेकाे युग मा बिश्व भरिनै स्वास्थ्य र शिक्षा जस्ताे कुरालाई हरेक राष्ट्र ले निशुल्क जस्तै गरिसकेकाे छ । तर हाम्रो देश मा मात्र किन ? जब कि अहिले काे संविधान ले नै जनताका अति संबेदनसिल कुरा जस्तैः स्वास्थ्य र शिक्षा मा समान खाले एकै नीति मा जाने भन्ने कुरा हुदाँ हुँदै पनि किन सरकार मौन र कार्यनयन पक्ष मा जान चाँहदैनत । याे बिषय गम्भीर हाे । किनकी याे संविधान अन्तर्गत बिषय परेपनि राजनीति बिषय भित्रकाे पस्चिमा दलाल पुँजिबादि माफिया तन्त्र भित्र नपर्ने भएर हामी नेपाली जनताले स्वास्थ्य जस्तो अति महत्त्वपूर्ण कुरा मा मार खानु परिराख्यकाे छ । जस्तैः
१-स्वास्थ्य मा माफियातन्त्र मौलाउदै जानु र नेपाल सरकार अन्तर्गतका सरकारि स्वास्थ्य निकाएलाई कम्जाेर पारिनु जस्काे कारण निजि क्षत्रमा माफियाहरु काे एक क्षत्र राज गर्नु ।
२-संविधानतः स्वास्थ्य र शिक्षा लाई सरल पहुच काे रुपमा ब्याख्या गरेता पनि ।नेपाल र नेपाली काे स्वास्थ्य स्थिति मजबु त नहाेस जस्काे कारण मानसिक हिसाबले सत्य तथ्य मा नलागुन र सधैं गरिबी, अशिक्षित हुन् । देश मा सम्पूर्ण हिसाबले जनता कम्जोर हुन् र त्यहाँ काे राष्ट्रिययता कम्जाेर हाेस । ताकि अन्तर्राष्ट्रिय खेल मैदान काे रुपमा सधै प्रयाेग गर्न पाईयाेस ।
३-नेतातन्त्र हाबि गराएर चुनाब एक बाहाना साेरुप पैसा काे चलखेल द्वारा जनता बाटै कर असुल र अनेकन बाहाना मा निजि संस्था बाट लुट मच्चाएर उनिहरुकै मान्छेलाई पटक पटक भाेट हाल्न बाध्य पारेर माफियातन्त्र द्वारा पृष्ठ पाेषित नेताहरुलाई जिताई पस्चिमा षड्यन्त्र अन्तर्गत कै संविधानतः अाफु अनुकुल सरकार हाेस र एसियालाई मनाेटरिङ्ग गर्न सकियाेस ।
तसर्थ हामी जनता र अनसनरत नेपाली जनताका ढुकढुकि अादर्णिय डा• साहेब अहिलेकै राजनैतिक परिस्थिति मा याे क्षेत्र लाई याे सरकार र यस संविधानतः माग पुरा गराउछु भन्नू मुर्खता मात्र हाे । जबसम्म इतिहास लाई टेकेर बर्तमान मा कदम चालिदैन तब सम्म हात लाग्याे सुन्ने । अानुहाेस नेपाली जनताकाे काे माया स्नेह र समर्थन लाई जाेगाई राख्ने हाे भन्देखिन् । बैकल्पिक राजनैतिक सक्तिकाे उदय संगै नेपाल काे अस्तित्व र पुर्बिय सभ्यता अन्तर्गत काे माैलिक दर्शणलाई अंगिकार गर्दै परम्परागत शक्ति र अाधुनिक शक्ति लाई संगै लिएर अहिलेकाे ब्यबस्था संविधान र सरकार काे बिकल्प खाेजौं । जब सम्म मुल मुहान नीति र पद्धति परिवर्तन गरिदैन तब सम्म चाहेर पनि अहिलेका शासक र सरकारले केही गर्न सक्दैनन् । जय गाेरखा काली ।




















