आकाश खस्ने हल्ला छ ?      

 

आकाश खस्ने हल्ला भो
कोही चुपचाप छक्क परे
कोही रमिता हेर्न थाले
कोही आकाश खसाउन
डोरी बाँधेर तान्न थाले
कोही टेको लगाएर थाम्न थाले
घाम लाग्यो, बादल लाग्यो
पानी पर्‍यो,हुस्सु लाग्यो
यसैमा टर्‍यो
आकाश खसेन

दस वर्ष पछि फेरि
आकाश खस्ने हल्ला भो
माथि जस्तै
कोही आकाश तान्न थाले
कोही थाम्न थाले
यशपाली भने आकाश
अलिकति तल सम्म झर्‍यो
तर जून झरेनन
तारा खसेनन

बार्‍हवर्ष पछि फेरि
कसैले थाहा पाएन
राति नै आकाश खसेछ
धेरै रोए,थोरै हाँसे
तर जून झरेनन
तारा खसेनन

फेरि नयाँ आकाश पलायो
नयाँ आकाशको नयाँ फुर्ती
यसपालि भने पारलागेन
आकाश खसेरै छोड्यो
तर जून झरेनन
तारा खसेनन

शून्य आकाश
सीमा रहित आकाश
दिशा हिन आकाश
पाइला बिहिन आकाश
टुक्राटुक्रा आकाश
ठ्याक्कै बादल जस्तै आकाश
आफू मात्र आकाश
कहिले जोडिन्थे
कहिले फोरिन्थे
टुक्राटुक्रा आकाश मिलेर
नयाँ आकाश बनाउने प्रयास
तर बादल जस्ता आकाश
कहिले कता जुट्ने कता फुट्ने
स्थायी आकाश बनेन
आकाश आफू त बन्यो
सीमा रहित आकाश
गन्तव्य बिहिन आकाश
दिशा हिन आकाश
सुन्य आकाश
आकाश चै आकाशै हो
तर ठ्याक्कै बादल जस्तै आकाश
जुटेर केभो?
फूटेर केभो?
जून झरेनन
तारा खसेनन
फेरिपनि आकाश खस्ने हल्ला छ?

यसपालि पानी धेरै परेर दिक्क लागेको थियोे ।
राति आकाश हेरे बादल लागेको थियोे ।सुते निद्रा लागेन ।लेख्न थाले।यस्तो लेखिएछ।सुनाउसुनाउ लाग्यो?कडा टिप्पणी गर्दिन अनुरोध गर्दछु ।सच्याउन पाउँ!!!!!नमस्कार !!!