बिराटचोक,१५ असोज ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाले १ हजार २ सय किलो उन्नत जातका तोरिको बीउ बितरण गरेको छ। कृषि शाखा मार्फत ५० प्रतिशत अनुदानमा १ सय १८ जना कृषकलाई बितरण गरेको हो ।
नगरले १५ दिने सुचना प्रत्येक वडा मार्फत जारी गरेपछि किसानले आवेदन दिएका थिए। बितरण गरेको तोरिको बिउँले १ सय २० हेक्टर जग्गालाई पुग्न सक्छ। हाल सुन्दरहरैंचामा १३ सय ५० मेट्रीक टन तोरि उत्पादन हुँदै आएको छ। सहुलियत मूल्य र अनुदानमा तोरिको बीउ लिन आएका कृषकलाई नगरले एक कार्यक्रम बिच बितरण गर्दा किसान उत्साहित बनेका छन ।
तोरिको बीउ गहुँको बीउ संगै मेसेनरी समानको अनुदानको लागि समेत कृषि शाखाले सुचना गरेको थियो । प्रती केजि अनुदान मूल्य ७५ रुपैयाँ तिरेर सहुलियत दरमा तोरीको बिउं पायो भने ६५ क्विन्टल गहुँ बीउको लागि माग आएको छ । ड्राइगन खेती, पाबर ट्रेलर र मेसेनरि समानको समेत माग निवेदन आएको कृषि शाखा प्रमुख फरिन्द्र भट्टराईले बताए ।
बर्षै पिच्छे नगरले कृषि क्षेत्रमा उन्नत जातका बीउ बिजन मेसेनरी औजार अनुदानमा बितरण गर्दै आएको कुरा सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख धना तामांग ले बताइन। कृषि कर्म गर्नेको लागि प्रोत्साहनमुखी कार्यक्रम , स्वरोजगार तालिम समेत दिदै आएको छ। अनुदान लिनका लागि मुख मात्र ताकेर होइन ब्यबसायिक उद्दमी कृषक बन्न सके नगरको समेत पहिचान अझै बढ्न सक्छ।



















