बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ। बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
लामो समयदेखि बिरामी रहेका उनको निधन भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत निधनको जानकारी दिँदै उनले दुःख समेत व्यक्त गरेकी छन्।‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराज हामी सबैलाई छाडेर गए’, उनले लेखेकी छन्।
उनले मद्दतका लागि सबैलाई धन्यावाद दिँदै दुःखद घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन्।खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए। उनको आर्थिक अवस्था पनि एकदमै कजोर रहेको थियो। उनी अभिनेता युसफ खानका छोरा हुन्।
फराज खान ९० को दशकको अत्य र २००० को शुरुवातको समय इन्ड्रट्रिजमा निकै सक्रिय थिए । उनले ‘फरेब’, ‘पृथ्बी’, ‘मेहन्दी’, ‘दुल्हन बनु मै तेरी’, ‘दलिले फिर याद किया’, ‘चाँद बुझ गया’ जस्ता सुपरहिट फिल्मका काम गरेका छन् । फिल्मको अलवा फराजले टिभी शोमा पनि काम गरेका छन् । उनले ‘लिपस्टिक’, ‘सिन्दुर तेरे नामका’, ‘नीली आँखे’ जस्तो टिभी शोमा काम गरेका थिए ।




















