इटहरी,१९ कार्तिक । कोरोना कहरका विच पनि इटहरीमा विकासका काम धमाधम भइरहेको छ । चार वटा वडामा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ ।
बुधबार विहान इटहरी वडा नम्वर ११ र १३मा स्वास्थ्य इकाई भवन शिल्यान्सास गरिएको छ । वडा नम्वर १३ स्थित स्वास्थ्य इकाई भवनको प्रमुख द्धारिकलाल चौधरीले शिल्यान्साय गर्नुभयो । वडा नम्वर ११ मा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गर्नुभयो ।
इटहरीका सवै वडाहरुमा स्वास्थ्य इकाई पुरयाउने लक्ष्यका साथ स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको हो । अहिले सम्म इटहरीका ४,१९ ११ र १३ वडामा भवन शिल्यान्यास गरिसकिएको छ । इटहरीका १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण गरिने छ । अरु वडाहरुमा अहिले सरकारी स्वास्थ्य संस्था संचालित छन ।
स्वास्थ्य इकाई शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीको गाँउवासीलाई उपमहानगरवासी भएको अनुभूत हुने गरि विकासका कार्य भइरहेको जानकारी दिनुभयो । जनसहभागितामा इटहरीले विकासको गति लिएको जनाउदै प्रमुख चौधरीले स्वास्थ्य इकाइ भवन निर्माणमा पनि स्थानीयको उल्लेख्य सहयोग रहने अपेक्षा गर्नुभयो ।
यहि आर्थिक वर्षमा १४ वटा वडामा भवन निर्माण सकेर शेवा सुचारु गरिने उपप्रमुख लक्ष्मी गौतमले वताउनुभयो । स्वास्थ्य इकाईका लागि आवश्यक पर्ने फर्निचरहरु खरिद गरिसकिएको उहाँले जानकारी दि नुभयो ।



















