भोजपुर,२१ कार्तिक । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर-२, छिनामखुमा बिजुली बत्ती पुगेको छ । सो बत्ति पुगेपछी शुक्रबार गाउँपालिका अध्यक्ष धुर्वराज राईको प्रमुख आतिथ्यता र वडा अध्यक्ष रत्नराज राईको सभाध्यक्षतामा "उज्यालो वडा घोषणा" कार्यक्रम सम्पन्न भएको छ ।
छिनामखुमा बिजुली बत्ती पुगेपछि सोहि कार्यक्रममा गाउपालिका अधक्ष्य धुर्व राइलाइ जनताहरु हर्षितहुदै भब्य रुपले सम्मान गरेका छन् । अधक्ष्य राइले चुनावताका टेम्केमैयुङमा बिधुत बिस्तार गर्ने प्राथामिकता दिदै आएका थिए । सो कार्यक्रम संचालन विमला राईले गर्नु भएको थियो ।
टेम्केमैयुङ स्थानीय सरकार र प्रदेश सरकार साथै नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा यस गाउँमा केन्द्रिय प्रसारण लाईन बिस्तार गरिएको "उज्यालो वडा घोषणा" कार्यक्रममा गाउँपालिका अध्यक्ष धुर्वराज राईले जानकारी गराउनु भएको छ । बिजुली बत्ती बिस्तार समितीको अध्यक्षमा प्रदीपकुमार राई रहनु भएको थियो ।



















