कठमाडौं । एक महिला हराएको अत्यन्त जरुरी सूचना सार्वजनिक भएको छ । कृपया मानवताको नाताले सेयर गरि उहाँको खोजी कार्यमा थप सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछौं । हराएकी महिलाको हुलिया निम्ननुसार रहेको छ ।
झापा जिल्ला साविक महारानीझोडा–९ हाल गौरादह नगरपालिका–४ स्कुल चौनबजार पूर्व निवासी सामाजिक एवं धार्मिक व्यक्तित्व शैलेन्द्रमणि काफ्लेकी श्रीमती वर्ष ५३ कि कोकिला काफ्ले मिती २०७७ साल आश्विन महिनाको २३ गते शुक्रबार बिहान ८ बजे घरबाट सामान्य अवस्थामा गौरादह माइती तर्फ जान्छु भनेर साइकल चढेर जानुभएको हो ।
सोही दिन १ः३० बजेको समयमा सुनसरी जिल्लाको पहाडी क्षेत्र आसपास सम्म पुगेको प्रमाण प्राप्त भएपनि त्यसपछि कहाँ जानुभयो भन्ने विषयमा विगत तीन दिनसम्म तीव्ररुपमा खोजी गर्दा पनि फेला पार्न वा कुनै प्रमाण पाउन नसकेकोले उहाँलाई कतै देख्नु वा भेट्नु सुन्नुभएको भएमा व्यक्तिहरुले नजिकैको प्रहरी कार्यालय अथवा तल दिइएका मोबाईल नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुन्छ ।
सम्पर्क मोबाइल नम्बर हरु निम्न अनुसार रहेका छन्
९८५२६७६१५५
९८४२७९०६३१
९८५२६७०८१६


