बिवेक भुजेल

केराबारी। भारतीय सेनामा कार्यरत पदम मगर बिदामा घर आउने क्रममा बाटै बाट बेपत्ता भएका छन , मोरंगको केरावारी उपालिका वडा नम्बर ७ का स्थाई घर भएका मगर कार्तिक २९ गते नेपालको सोनौलि बोर्डर बाट नेपालमा प्रवेश गरेका थिए ।

FB_IMG_1605532751339

त्यसपछि उनि विशेष कामले काठमान्डौ जानु पर्ने भए पछि घर नआइ प्राइभेट गाडी रिजर्भ गरि काठमाण्डौ तर्फ प्रस्थान गरेको र उनकी श्रीमतीले बताइन । बिहान ९ बजे मुग्लिनमा खाजा खान होटलमा भएको समयमा काठमान्डौ जादै गरेको र त्याहा पुगेपछि फोन गर्छु भनेर श्रीमती संगीता लिम्बुले बताइन ।

३३ बर्षीय मगर त्यसपछि अहिले सम्ममा पनि सम्पर्कमा आएका छैनन,मंगसिर १ गते घर परिवारले CIB ब्युरो काठमाडौमा खोजी तलासी गर्न निबेदन समेत दिइ सकेको मगरको परिवारले बताएको छ साथै  खोजतलासका लागि सहयोग गर्न हुनको लागि दाजु प्रकाश मगरले समेत सबैलाइ अनुरोध गरेका छन ।


यदि कसैले उनलाई देख्नु भएमा भेट्नु भएमा परिवारमा सम्पर्कको लागि निम्न
सङ्गिता लिम्बू (श्रीमती ) – 9811325424
प्रकाश मगर (दाजु) – 9860215904
बिमल चेम्जोङ – 9818381881
केरावारी मोरंग