लेटाङ, ५ मंसिर । मोरंगको लेटाङ स्थीत सामाजिक कार्यमा सक्रिय जनसेवा युवा क्लबको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शुक्रबार क्लबले आफ्नै खेलमैदानमा क्लबका सदस्यहरुको उपस्थितिमा दोस्रो साधारणसभा सम्पन्न गरेको हो ।

कोरोना महामारीका बीच उच्च सतर्कता र सुरक्षा विधि सहित प्रतिनिधि मूलक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा क्लबको आ.व. २०७६/७७ को प्रगति प्रतिवेदन र आ.व. २०७७/७८ का लागि प्रस्तावित कार्यक्रममाथि छलफल गरि पारित भएको छ ।

क्लबको अधक्ष्य राजु गौतमको अधक्ष्यतामा भएको सो कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं ५ का अध्यक्ष भुम सुर्यमगर, वडा सदस्यहरु, टोल विकास संस्था अध्यक्षहरु,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

IMG_20200927_153037_1601200161

IMG_20200926_085530_1601090002
https://www.facebook.com/Online-Fashion-House-113450810511491/