पुरुषोत्त पौडेल

परहित बस जिन्ह के मन माहीं ।
तिन्ह कहुँ जग दुर्लभ कछु नाहीं ॥

राम चरित्र मानसको श्लोक हो यो । जसले सधै अरूको हितको बारेमा मात्र सोच्दछ । अर्थात परोपकारको अभिप्रायले काम गरिरहन्छ । जो सदैव परोपकारको अभिलाशा राखेर हिड्दछ । सदा अरूको सहायतामा मन चित्त लगाई रहन्छ । उसको लागी संसारमा कुनै पनि कुरा दुर्लभ हुदैन । परोपकारीको निम्ती स्वर्ग आफै निम्ता गरेर आऊछ । जो परपिडा, निहीत स्वार्थ र अहमतामा रमाऊछ । उ वाहिर सुखी देखीए पनि भित्र भित्र दुखको पिडामा तड्पि रहेको हुन्छ । तडप चाहे दुख मोचनको लागी होस या साम्राज्य प्राप्तीको लागी होस । यसले मनुष्यलाई दुखी र कुरूप मात्र वनाऊछ ।

हामीले सुनेको एउटा सामान्य नेपाली उखान छ ।" वॅासको बोट जती अग्लो हुन्छ उती नुहुन्छ "। भनिन्छ वासको वोट जती नुहुन्छ त्यती नै कामयाव हुन्छ । वास नेपाली समाजको वहुउपयोगी वस्तु हो । पहिले पहिले नेपाली घर आँगनमा काम लाग्ने धरै वस्तुहरू वाॅसवाट बनाइन्थ्यो । तराईका गाऊ तिर जाने हो भने अहिले पनि गरिवका घर वासवाट वनेका हुन्छन । घरमा प्रयोग हुने धेरै सर-सामान हरू समेत वास वाट बनाइन्छ । डोको, नाङ्लो, छैटी, डेली, ढकी देखी लिएर थुप्रै सजावटका सामान समेत बनाइन्छ । त्यसैले होला हरेक गाऊका छेउछाऊमा वासघारीहरू सुरक्षित हुन्छन । हामी पहिले तिनै वासघारीहरूमा भेला हुन्थ्यौ र वासको उदाहरण दिएर नम्र हुन सिकाउँथ्यौ ।

राम चरित्र मानसको श्लोकले परोपकारी मानव महान हुने कुरा गर्दछ । वासको उदाहरणले मानिस जति महान हुन्छ । त्यती नै नुहुने कुराको वकालत गर्दछ । यी दुवै कुरा आजको हाम्रो नेतृत्वको व्यवहारमा मिली रहेको छैन । देश र जनता को सेवाका निम्ती स्थापना गरिएका सम्मानित संस्थाहरू निहीत स्वार्थमा निर्लिप्त भएको मात्र समाचार आई रहन्छन । आफुलाई महान भनेर प्रचार गर्ने र गराऊने व्यक्तीत्वहरू जनता र आलोचकहरू सामु थोरै झुक्न तयार छैनन । उनिहरू विनम्रताका साथ कमजोरी सच्याएर अघि वढ्न तयार छैनन । वरू जस्तालाई त्यस्तै भन्दै व्यक्तीवाद र अहमले ग्रस्त भएर आलोचक माथी जाई लागी रहेको देखीन्छन ।

नेकपा देश र जनताको सेवा गर्न गठित पार्टी हो । यसका नेताहरू आफुलाई केवल जनताको सेवक भएको दावी गरेर थाक्दैनन । देश र जनताको सेवाका लागी मात्र पार्टीमा संगठित भएको प्रवचन गर्दछन । त्यती मात्र होईन देशका गरिव तथा सर्वहारा वर्गको सेवा गर्न भनेर जेल-नेल र दुख-कष्ट सहेर गठन गरेको पार्टी हो नेकपा । नेकपालाई देशका सारा गरिव-दुखीहरूले समेत आफ्नो पार्टी ठानेर आएका हुन । अझै पनि देशका लाखौ लाख शोषित-पिडीत, गरिव, किसान, मजदुरहरू नेकपा लाई नै आफ्नो अभिभावक ठान्दछन । तिनिहरूको साथ र समर्थनका कारण आज नेताहरू सरकार मा आसिन छन । नेताहरू सरकारमा वसेर तिनिहरूका लागी के गरिरहेका छन जगजाहेर छ ।

देश समस्यामा छ । सिमा विवादको कारण छिमेक संगको सम्वन्ध पनि राम्रो छैन । कोरोना भाईरस को महामारीले गर्दा आम जनता अझै आतंकित छन । जनतामा आशा भन्दा विरोधका स्वरहरू बढि रहेका छन । स्वयम पार्टीका कार्यकर्ता हरूमा समेत व्यापक असन्तुष्टिहरू वढि रहेको देखिन्छ । यस्तो वेलामा पार्टीका प्रमुख नेतृत्वले देशका समेत सवै पक्ष हरूलाई समेत मिलाऊने पहल गर्नु आवस्यक थियो । अझ आफुलाई राजनेता ठान्ने व्यक्तित्वले कमसेकम पार्टीका सवै पक्षहरूलाई एकतावध्द वनाएर अघि वढाउनु पर्ने हो । आपसी अन्तर्विरोधलाई समाधान गर्न स्वयम पहल गर्नु पर्ने हो । अझ प्रमुख जिम्मेवारीमा रहेका व्यक्तिले सबैभन्दा बढि झुकेर पहल गर्नु पर्ने हो । तर यहा वास झुकिरहेको छैन । अरू कडा भएर प्रकट भैरहेको छ ?

पार्टी भित्रका समस्या समाधान गर्न, सरकारका काम कार्वाहीलाई नियमन गर्न र कोभिड महामारीको आतंक लगायत सवै विषयहरूमा छलफलको लागी भनेर सचिवालयको वैठक माग गर्नु पर्ने अवस्था आएको देखीयो । दैनीक भेट हुने अध्यक्ष द्वय मध्ये कार्यकारी अध्यक्षले पटक पटक भेटेर वैठक बोलाउन प्रस्ताव गर्दा वैठक आयोजना नभएको गज्जव को कुरा सुनियो । वैठक वसाऊनको लागी लीखीत रूपमै माग गर्नु पर्ने अवस्था किन ल्याईयो ? यस्तो अवस्था आऊनु अशल नेताको लागी राम्रो कुरा थिएन । अझ वहुमत सदस्यहरूको लीखीत माग पछि पनि वैठक गर्न निकै आलटाल र ल्याङ ल्याङ भयो । यो भने त्यती सुपाच्य विषय थिएन ।

पार्टीको वैठक समयमा वोलाऊनु पर्दथ्यो । बैठकलाई तत्काल एजेन्डामा प्रवेश गराएर छलफल गर्नु पर्दथ्यो । छलफल र वहसवाटै समस्याको समाधान निकालीनु आवस्यक थियो । पहिले स्थायी कमिटीको वैठकमा पनि छलफल गराऊने काम गरिएन । नेकपा जस्तो महान पार्टीको स्थायी कमिटीको बैठक तयारी निर्णय सुनाएर सकियो । कमिटीका विभीन्न व्यक्तिहरूका मनमा लागेका विचारहरूले खेल्न पाएनन । सदस्यहरूका सोच-विचारहरू वाहीर आऊन र खुल्न पाएनन । सयौ फुलहरू फुल्न पाएनन । यसले झन कुण्ठाहरू वढ्दै गएर होलान ? अनाकर्षण र विद्रोही भावनाहरू झन बढ्दै गएको देखीन्छ । यही विद्रोही भावनाको नकारात्मक परिणाम अहिलेको नेकपा भित्रको नोक झोक हो। यसको शालीन समाधान खोजीनु पर्दछ । समयमा समाधान खोजिएन भने अन्ततः यसले देश, जनता र नेकपालाई ठुलो नोक्सानी पुर्याऊनु निस्चीत छ ।

राम चरित्र मानसको श्लोकले सेवाको माग गर्दछ । सेवा नै धर्म हो भन्ने नेपाली मनोभावलाई स्वीकार गर्दछ । हाम्रो पार्टीका पुराना नेताहरूले समेत हामीलाई सिकाउदा सेवा नै सिकाएका हुन । जनता संग भोट माग्दा पनि सेवा गर्छु भनेर मागेका हुन । तर आज सत्तामा पुगेपछि सेवा भन्दा मेवा महत्वपूर्ण भएको होकी ? वरिपरी "मै खाऊ मै लाऊ" प्रविर्तीका ढाडे विरालाहरू प्रकट भएकाले समस्या पैदा भएको हो की ? नेताहरूको चरित्र फेरीएको देखीदैछ । हिजो जनतावाट आऊने सवै खालका विरोध सुन्न तयार नेताहरू आज उत्तेजित हुन थालेका छन । पार्टी भित्र आलोचना आत्मालोचना वैठक गरेर माझीने परम्परावाट आएका महामहिमहरू प्रसंसा मात्र सुन्न मन पराऊन थालेको देखीन्छ ।

पार्टी सचिवालय बैठकको माग गर्दा लेखेको सामान्य पत्र सैह्य भएन । त्यसको लिखित जवाफ त्यो भन्दा कडा आयो । त्यती सम्म पनि ठिकै मानौ । अव त्यसको पनि उस्तै कडा लिखित जवाफ गयो । अव सचिवालय वैठकमा आलोचना सहितको प्रस्ताव आयो रे । पार्टीका वैठकमा सदस्यहरूका मनमा लागेका सवै विषयहरूमा छलफल गर्ने हाम्रो परम्परा नै हो । पार्टीका सवै नेता कार्यकर्ताहरूले आफ्नो मनमा लागेका कुराहरू पार्टीका वैठकमा राख्ने र त्यसमा छलफल गर्ने कम्युनिष्ट मान्यता पनि हो । जे आयो त्यसलाई वैठकको विषय वनाएर जमेर छलफल गर्दा हुन्छ । अव केस्रा केस्रा केलाएर जवाफ दिने रे । त्यसको निम्ती केलाऊने समिती वनाएर ल्याउने रे । कामकुरो एकातिर कुम्लो वोकी ठिमी तिर भने जस्तो । कहा जाँदैछौ हामी ? वैठकमा वसेर जे जती केलाऊनु पर्ने केलाए भैगोनी । अन्त लागेर केही फाइदा छैन । सवै समस्याको समाधान वैठकवाट निकाल्नु पर्दछ । सवैले मिलेर समस्याको समाधान निकाल्नु पर्दछ ।

अहिले नेकपा नेतृत्वका सामुन्ने तिनवटा प्रमुख कार्यभार छन । यी तिनै कार्यभारहरू पुरा गर्नु नेकपा, नेकपाको सरकार र यसका नेताहरूको प्रमुख कर्तव्य हो ।

पहिलो कार्यभार : सरकारलाई प्रभावकारी वनाऊने काम गर्नु पर्दछ । यसलाई जनमुखी वनाउने र जनताका जीवन संग सम्बन्धित काममा केन्द्रित गर्दै सरकारलाई अझ प्रभावकारी तथा वलीयो वनाऊने काममा लाग्नु पर्दछ । त्यसको लागी आवस्यक परे नितीगत रूपले, कार्यक्रमका हिसावले र मन्त्रीपरिषद पुनर्गठनका हिसावले समेत सन्तुलन मिलाउन के गर्न सकिन्छ तत्काल गरेर अगाडी वढि हाल्नु पर्दछ । जनताको निम्ती समर्पित नेकपाको सरकारलाई जनप्रिय वनाऊन सम्पूर्ण शक्तिका साथ लाग्नु पर्दछ ।

दोश्रो कार्यभार : दुई वर्ष देखी पार्टी एकताका थुप्रै कामहरू वाकी छन । नेतृत्वले एकता प्रकृयाका वाकी रहेका कामहरूलाई तत्काल पुरा गर्नु पर्दछ । पार्टी एकतालाई अझ दरिलो र खदिलो वनाउदै नेकपालाई सुदृढ वनाऊने कुरामा नेताहरूको ध्यान खिचीनु पर्दछ । यसको लागी पार्टीको संगठन वाहीर रहेका तमाम योग्य कार्यकर्ताहरूलाई काम र जीमेवारी दिदै संगठित गरिनु पर्दछ । अनी पार्टीको विधान अनुसार एकता महाधिवेशनको आयोजना गरी नेकपालाई विचारधारात्मक रूपले समेत एकता वध्द वनाऊने काम गर्नु पर्दछ । यसले नेकपालाई दिगो, वलीयो र भरपर्दो वनाऊने काम गर्दछ ।

तेश्रो कार्यभार : राष्ट्रीयता र राष्ट्रिय एकतालाई वलियो वनाऊनु हो । नेकपा एऊटा प्रजातान्त्रिक शक्ती पनि हो । नेकपा देशभक्ती पूर्ण आन्दोलनबाट आएको प्रमुख शक्ती हो । आजको चुनौती सामना गर्न यसले देशका सवै राजनितीक दल र शक्तिहरूलाई एकजुट गर्नु पर्दछ । देशमा व्याप्त कोरोना भाईरस को आतङ्कबाट जनतालाई जोगाऊन लागी पर्नु पर्दछ । देशको सिमा समस्या र कालापानीको समस्या समाधानका लागी पहल कदमी लिनु जरूरी छ । यो समस्याको समाधान नेकपाको नेतृत्वमा मात्र सम्भव छ । नेकपाका नेताहरूको एकतावध्द तागत र प्रयासले मात्र यो सम्भव हुन सक्दछ । आजको लागी यो नै देश र जनताको असली सेवा हो ।।।