बद्री अर्याल

दमक,८ मंसिर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको दमक नगरमा निर्माणाधिन राष्ट्रिय गाैरवका आयाेजनाहरूको अवलाेकन गरेका छन् ।सोमबार मन्त्री श्रेष्ठले दमक नगरमा शहरी विकास मन्त्रालयकाे मातहतमा निर्माणाधिन राष्ट्रिय गाैरवका आयाेजनाहरू शभा हल, भ्यूटावर, विभिन्न सडकहरू काे अवलाेकन गरका हुन ।

127274644_3456764427778054_4110102473333439075_n

साथै राष्ट्रिय महत्वका थप आयाेजनाहरू दमक सिटी पार्क (बहु तले बस पार्क), अस्पताल, रंगशाला, बुद्ध पार्क, वडागत खानेपानि भवन, तारावारी डिपु सडक, माेडल मार्ग, हरिॐ कलाेनी- धनेश्वर मार्ग जस्ता थुप्रै नगरका गौरवशाली योजनाहरु क्रमैसंग‌ याेजनागत ढंगले निर्माण गर्दै जाने विषयमा छलफल समेत भएको दमक नगरपालिका कि उपप्रमुख गीता अधिकारीले बताइन ।

125526363_3456764257778071_4085017673424038703_o

सोहि अवसरमा बोल्दै मन्त्री श्रेष्ठले विकास निर्माणमा शहरी विकास मन्त्रालय स्थानिय सरकारलाई सहयाेग गर्न तत्पर रहेकाे सन्देश दिनुका साथै सम्पूर्ण नगरवासी लाई प्रतिबद्धता व्यक्त गरे ।

126445792_3456763747778122_5004633976590373589_n
मन्त्री लगायतको टिममा सहभागी भइ अवलाेकन भ्रमणमा आउनुहुने मन्त्रालयको सचिव, सम्माननीय प्रधानमन्त्रीज्यूकाे सचिवालय सदस्यहरु , नेतागणहरु , नगर विकास काेषका कार्यकारी निर्देशक लगायत सम्पूर्ण महानुभावहरुलाई दमक नगरकाे अवलाेकन भ्रमण गरि थप हाैसला प्रदान गरि दिनुभएकाेमा उप प्रमुख अधिकारीले नगरपालिकाको तर्फबाट आभार सहित धन्यवाद ब्याक्त गरेकी छिन ।

mantri-2

 मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारीहरु संलग्न थिए । मन्त्री श्रेष्ठसहितको सो टोलीलाई स्वागत गर्नेमा प्रमुख दमककी उपप्रमुख गीता अधिकारी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना दमक ३ का वडाध्यक्ष नविन बरालसहित स्थानीयहरुले फूलमाला लगाएर स्वागत गरेका थिए । भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको बताईएको छ । माटोको सतहमुनिको काम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा रहेको सम्बद्ध निर्माण पक्षले जनाएको छ ।

118516679_973469179731119_6439172238130350605_n

राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको सो भ्यू टावर व्यवसायिक भ्यू टावर हो । चालू आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैया विनियोजन गरिसकेको छ । त्यहा डेढ अर्ब भन्दा बढीको सरकारी लगानी रहनेछ । भ्यू टावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ । भ्यू टावर निर्माणका लागि स्थानीयले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् ।

view-tower2

२५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यू टावर निर्माणपछि त्यहा विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

view-tower-mantri
त्यसअघि मन्त्री श्रेष्ठले दमकको निर्माणाधिन दमक सभा गृह , दमक बसापार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालू तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिएका थिए ।

127042705_3456764144444749_5658492016877521844_o 126903636_3456764011111429_6875312701248164690_o 125520711_3456763807778116_6840158858051682918_n 126142317_3456763904444773_4182347330325881337_o 127238439_3456763601111470_6770413716688916034_n