मोरङ, ९ मंसिर । कोरोना संक्रमणबाट सशस्त्र प्रहरी इन्सपेक्टर नवीन बुढाथोकीको निधन भएको छ । गएराती विराटनरको विराट मेडिकल कलेजमा उपचारका क्रममा इन्सपेक्टर बुढाथोकीको निधन भएको हो।
कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि इन्सपेक्टर बुढाथोकीको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
यद्धपी गएराती इन्सपेक्टर बुढाथोकीको उपचारकै क्रममा निधन भएको विराट मेडिकल कलेज प्रशासनले जानकारी दिएको छ । बुढाथोकी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा कार्यरत थिए ।


