पथरी शनिश्चरे, ११ मंसिर। मोरङको पथरी शनिश्चरे नगरपालिकाले डाँस खोलाको ढुंगा, गिट्टी र बालुवा के कति उत्खनन गर्न सकिने भन्ने वातावरणीय प्रभाव मुल्यांकन (आइइइ) तयार गरेको छ ।

वडा नम्वर १०, ९, ८ र ६ नम्बर वडालाई छोएर बग्ने डाँसखोलाबाट ती वडाका ६ वटा क्षेत्रमा त्यसको आइइइ भएको त्यस कार्यमा संलग्न डिजाइन इन डेप्लोपर संस्थाले आज नगरपालिका कार्यालयमा एक कार्यक्रमकाबीच जानकारी गराएको छ । आजैको कार्यपालिका बैठकले सोको प्रतिवेदन पारित गरेको छ ।

यसैबीच, कार्यपालिका सदस्यहरुबीच आजै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको बारेमा अभिमुखिकरण भएको छ। मेडपा संस्थाकी प्राविधिक अधिकारी सविता कोइरालाले सवै पालिकाहरुमा सरकारले सञ्चालनमा ल्याउँदै गरेको सो कार्यक्रमका बारेमा जानकारी गराउनु भयो ।