मोरङ,११ मंसिर। मनमोहन बिश्वबिधालयको पारामेडिकल भवनको शिल्यानास कार्यक्रम सम्पन्न भएको छ । मोरंङको बुढीगंगा ४ मा निर्माणधीन  सो भवनको प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा कुलपती शेरधन राइले बिहिबार शिल्यानास गरेका हुन।

126173206_3432128350169786_5542682212302461778_n

१२ करोड ३१ लाख हजार ९ सय ७३ रुपया कुल लागतमा बन्ने २ तले भवनको प्रदेस सरकारबाट अनुदान स्वरुप प्राप्त भएको मनमोहन बिश्वबिधालयका प्रवक्ता सत्यनारायण चौधरीले बताए । ।

सो भवनमा ३ ओटा बिभागको अध्यन अध्यापन हुने सो भवन सिल्यांस कार्यक्रममा प्रदेश १ का समाजिक विकासमन्त्री जिवन घिमिरे ,नेकपाका केन्द्रिय सदस्य महेश रेग्मी ,प्रदेश सरकारका सचिवहरु लगायत विशिष्ठ ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमा बिश्वबिधालयका प्रमुख डा सुवास श्री पोखरेलले मनमोहन प्राबिधिक बिश्वबिधालयमा आगामी शैक्षिक सत्र २०७८/०७९ देखि स्नातक तहतर्फ सिभिल इन्जिनियरिङ,इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयको पठनपाठन हुने जानकारी दिदैं उनले हाल उक्त विषयको पाठ्यक्रम ,विश्वविधालय नियम र निर्देशिका तयारी भइरहेको बताए ।

1606399523serdhan 1

त्यसैगरी सभिल इन्जिनियरिङ्ग तर्फ रेल्वे , पानिजहाज बिषय समेत समावेश गरी पाठ्यक्रम तयार भई रहेको कुरा उल्लेख गरे । साथै केहि वर्षभित्र विश्वविधालयका स्नातक , स्नातकोत्तर र विधावारिधि तह सम्म व्याचलर इन मेडिकल ल्यावोरेटोरी टेक्नोलोजि ,एमपि एच , अप्टिमेट्रि,फार्मेसी , एग्रीकल्चर , फरेष्ट्रि, केमिकल टेक्नोलोजि समेतको अध्यन तथा अनुसन्धान गराइने विश्वविद्यालयका प्रमुख डा.पोखरेलले जानकारी गराए । साथै अगामि वर्षमा इलेक्ट्रिकल तर्फ हाइड्रोपावरमा स्नातक , स्नातकोत्तर सँचालन हुने समेत जानकारी गराए ।