भूमिप्रसाद पाठक

 पथरी शनिश्चरे,१२ मङ्सीर । बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित तमाम योजनाहरूको कार्यान्वयन गर्ने क्रमलाई एकदमै तीब्रता दिएको छ । नगरपालिकाका सबै वडाहरूमा पूर्वाधार विकासका कामहरू तीब्र गतिले अघि बढिरहेका छन् ।

128018155_749730568960967_8441912422305039670_n

यसैक्रममा आज नगर उपप्रमुख एवम् नगरस्तरीय अनुगमन समितिकी संयोजक ढाकाकुमारी पराजुलीको संयोजकत्वमा विभिन्न वडाहरूमा सञ्चालित विभिन्न योजनाहरूको अनुगमन गरिएको छ । वडा नं. ११ मा सञ्चालित विपन्न वर्गका लागि निर्माण गरिएको जनता आवास कार्यक्रम, सडक कालोपत्रे र वडा नं. ७ मा निर्माण सम्पन्न भएको सडक कालोपत्रे योजनाको अनुगमन गरिएको छ ।

अनुगमन कार्य उपप्रमुखसहित अनुगमन समिति सदस्यहरू प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, नगर कार्यपालिका सदस्य बिन्दु गुरूङ, इञ्जिनियर बालकृष्ण निरौला, सव–इञ्जिनियर अजित महतरालगायतको उपस्तिथिमा भएको थियो ।

बेलबारी ७ स्थित पुरानो बाहुनी उत्तरपट्टि ओइलानी टोल सडक कालोपत्रे योजनाअन्तर्गत ५०० मिटर लम्बाई रहेको कालोपत्रे योजना अनुगमन गर्दै उपप्रमुख पराजुलीले यस वर्ष नगरपालिकाले बैशाख महिनाभित्र नै सम्पूर्ण योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित काम गरिरहेकोले प्रस्तावित शतप्रतिशत योजनाहरू समयभित्रै सम्पन्न हुने कुरा फेहरिस्त सहित बताइन् ।

127276742_1033676067131760_8659807874349934119_n

स्थानीय सरकारले अघि बढाएका नीति तथा कार्यक्रम सफल बनाउने दायित्व नागरिकको पनि हो । हामी काम गुणस्तरीय होस्, परिणाममुखी होस् भनेर निरन्तर लागिपरेका छौँ । यसमा नागरिकको पनि सहयोग आवश्यक छ । बजेट हिनामिना दुरूपयोग हुनबाट रोक्न नगरपालिका सचेत भएर लागेको छ ।

योजना कार्यान्वयनमा ढिलासुस्ती गर्ने वा आलटाल गर्ने ठेकेदारलाई उपभोक्ता समिति जो हुन्, विधि पद्दतिबाहिर गए कारबाहीको भागिदार बन्नुपर्ने छ । हामी सधैं गुणस्तरीय र परिणाममुखी कामको अभियानमा छौँ टेलिफोन जिज्ञासामा उपप्रमुख पराजुलीले भनिन् ।