भूमिप्रसाद पाठक,
पथरी,१६ मंसिर। बेलबारी नगरपालिकाले समूहमार्फत गहुँको वितरण गरेको छ।आफ्नो नगरक्षेत्रभित्रका किसानहरुलाई निर्वाहमुखी कृषि प्रणालीबाट व्यवशायिक कृषक बनाउनका निम्ति नगरभित्र स्थानीय स्तरमै शुद्ध गुणस्तरीय बीउ उत्पादन गर्ने उद्देश्यले समूहमा आवद्द किसानहरुलाई गहुँको बीउ वितरण गरेको छ।

बेलबारी न पा वडा नं ५ स्थित `मिश्रित व्यवशायिक तरकारी उत्पादन समूह´लाई सामुहिक रुपमा ६ हेक्टर जग्गाका लागि आवश्यक ९०० क्विन्टल बीउ उपलब्ध गराएको कृषि शाखाका कर्मचारी बिनोद दाहालले बताए।बि एल ४३४१ जातको उन्नत बीउ वितरण गरिएकोमा किसानहरुले उत्पादन गरेको गुणस्तरीय बीउ कृषि सामग्री संस्थानले नै किसानबाट उपयुक्त मूल्यमा बीउ खरिद गरिदिने शर्त रहेको वडाध्यक्ष विश्वबन्धु बस्नेतले बताए।
हाल समूहले उत्पादनबाट गरेको बीउ भोलिका दिनमा नगरपालिकाका अन्य वडाहरुमा समेत पुर्याइने र आम किसानहरुलाई कृषिमा आधुनिकीकरण यान्त्रिकरणका माध्यमबाट व्यवशायिक र आय आर्जनमा जोडन यी र यस्ता कार्यक्रम ल्याइएको हो।
किसानहरुका थप आवश्यकताहरुको पहिचान गरि नगरपालिकाले आवश्यक सहयोग गर्दै उत्पादनशीलतामा जोड दिने लक्ष रहेको कुरा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्। बीउ वितरण कार्यक्रम वडा नं ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेतको अध्यक्षतामा भएको थियो।



















