- दुर्गादत्त पौडेल

देशमा अहिले पनि कोरोना सक्रमणको सख्या बढीरहेकै छ । तर त्यसलाई रोकथाम नियन्त्रण गर्ने स्वास्थ्य नियमाबली पालनागर्ने सामाजिक दुरि कायम गर्ने पर्नेमा सबैजना को दाईत्व हुदा हुदैपनि सबैतिर देश कोरोनाबाटै मुक्त भएजसरी सबै जना सार्वजनिक कार्यक्रमहरु भव्यताका साथ गरिरहेका छौ जे गर्ने पर्ने हो त्यो गर्दैनौ जे नगर्ने पर्ने हो त्यता बढी केन्द्रीकृत छौ ।

२. राजनीतिक पार्टीका नेताहरु कसरी सत्ताहत्याउन सकिन्छ भन्नेबाहेक देश र जन्ता यश कोरोना नियन्त्रण मा जन्तालाई चेतनशिल बनाउन लाग्नु भन्दा जन्तालाई सडकमा उतार्ने रमाई रहेका छन ।

३. जिल्ला जिल्ला गाउँ गाउँ मा रास्ट्रीय परिचय पत्रका ट‍ोलीहरु खटेर जनताको सेवामा जुटेका छन तर राजनीतिक पार्टीहरु मिलेर त्यसलाई सहजिकरण गर्नेमा देखिदैनन । पार्टीले जिम्मादिएन भनेर हानथाप छ तर स्थानिय निकायमा जनताको सेवामा लागेमा थुप्रै अवसरहरु छन त्यता ध्यानछैन केबल जिम्मा काम छैन भनेर हल्लै हल्लामा ब्यस्त देखिन्छन ।

४. राजनितीक नेता कार्यकर्ताहरु को झगडा बाट उत्साहित भएकाहरु आज रमाउदै देशमा गलत प्रकारका गतिबिधिहरुले स्थान पाउदै गएकाछन ,भ्रष्ट दलालीहरुले शिर उठाई रहेकै छन । जनतालाई दु:ख शास्तिदिन तर र किन कसरीका कानुन तेर्साएर जनताबाट चुस्नेहरु को ले टाउका उठाउदै छन ।

५. बिकाशका नाउमा ठेक्का पट्टाका होड बाजि पाईहाले कमिशन र दलालीहरु कै बिगबिगिले बनाउने सस्थाहरु नै धेराबन्दी कमिशन नदिए पिटाई ।

६. पुलिस प्रशासन आउन गारो आईहाले यसो घुमरै गएकै भरमा ठुलै खोज अनुसन्धान हुँदै गरेको हल्ला खल्ला ।

७. ठुलै संख्याका जनताको कानेखुशि , हामिले हिजै भनेको हो एउटै जंगलमा दुईवटा सिह बस्न सक्दैन भनेर यस्तै यस्तै थुप्रै प्रश्न जनताहरु बाट उठाई रहेकै छन।

देश अहिले उधोग धन्धा व्यपार व्यवशाय बेरोजगार आर्थिक बन्दी महंगी रोग र भोकले त्राहि त्राहि छ । तर सबै दल वा अभियान्त वा राजावादीहरु जनतालाई अझ कसरी सडकमा पुर्याउन सकिन्छ , रोग भोक मुक्त हैन कसरि देशमा सङ्कट ल्याउन सकिन्छ भन्नेमै केन्द्रीकृत छन। यी बिषयहरुमा सम्बन्धित निकय राजनीतिक दलहरुको ध्यान पुगेन र सबैमिलेर निकाश खोज्नुको साटो कसरी सरकार गिराउन सकिन्छ भनेर अहम र दम्भ घाण्डले आखिर एकदिन सिङ्गो देश र जनाताले ठूलो दु:ख पाउने छन ।

त्यसबाट पार लगाउन जनता उठदा खेरि अहिले देखिनेहरु ठुला ठालु भ्रष्ट दलाले नेता कर्मचारी आदी ईत्यादीहरु चोखोरहन गारो साह्रो पर्नेछ । किनकी विश्र वा बिगताका नेपाल कै सघर्षको ईतिहासले देखाई सकेको छ । सबैले यो नसोचुन कि जनताले केही बुझेका छैनन ।केही जानेका छैनन , केही देखेका छैनन , हामीले जे गरेकाछौ यसमा जनतालाई केही थाहाछैन । सबै हामी ठिक ठाक नसोचौ जमनताले हेरेर बुझेर चिनेर बसिरहेका छन । जनताहरुले चिनी चिनी जानि जानि दया धर्म भएकै कारण हेरर बसि रहेकै छन ।

जब जनताको धैर्यको बाध टुटछ " हिजो " बिगत " मा पनि शाषकहरु कै बिरुद्ध लडदा धेरै भ्रष्टाचारी दलालीहरुलाई ठेगना लगाएकै हुन पुन जनतालाई उता तिर धकेल्नेकाम नहोस जब देशलाई सहि ट्याकमा ल्याउन सबै लाग्दैनौ जब विस्फोटको मोडमा देश र जनतालाई तिमीहरु धकेल्नपुग्यौ भने त्यस बेला तिमी फेरियर जन्ताको बन्न आउला तर अहिले जनताले चिनी रहेका छन ।

त्यसबेला ढिलो भैसकेको हुनेछ त्यसकारण सबै मिलेर देश रजनतालाई पार लगाउन सबै दल आन्तरीक सघर्षमा हैन आफ्ना माहाधिबेशन तर्फ केन्द्रीकृत बन्नुहोस सबैले पार्टीहरु एकता बनाउनु होस देश र जनताकै पक्षमा खडाहुनहोस । सबै दल पार्टीहरु अब दुई बर्षमा आउने चुनाबको लागि तयारीमा जुटनुहोस । नकि आफै भित्र लडेर जनतालाई अनेकौं बाहाना बनाएर सडकमा नउतारौ कि ? निर्वाचनको प्रतिस्पर्धामा बिश्वास गर्नु होस त्यसैमा देश र जनताको भलोहुन्छ नै अन्यथा न रहे बाँस नबजे बासुरी नबनौ कि है ?
चितवन कालीका दुई ////