बिराटचोक। पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लि सुन्दर हरैचा १० र एकीकृत ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि सुन्दर हरैचा १२ को एकीकरण पश्चात बनेको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लि को १५ औ वार्षिक साधारणसभावाट भिमप्रसाद आचार्यको अध्यक्ष तामा नयाँ कार्यसमिती निर्वाचित भएको छ ।

गत शनिबार बिराटचोकमा भएको वार्षिक साधारण सभावाट उपाध्यक्ष सरोज चौधरी,सचिव केशव तिम्सिना, कोषाध्यक्ष पर्शु खतिवडा र सदस्यहरुमा रुपा रिजाल,यमुना पराजुली ,चेतकुमारी पराजुली ,ईन्द्रदेवी भट्ट,रामकुमार बस्नेत ,बद्री आचार्य ,भोला खतिवडा रहेका छन ।

सोहि साधारणसभाले लेखा तथा शुपरिवेक्षण समिति पनि निर्वाचित गरेको छ जसमा संम्योजक मोहन चौधरी साथै सस्दस्यहरुमा हेमनाथ अधिकारी, मिना स्वाँर रहेको र सो कार्यसमितीको कार्यकाल आगामी ४ वर्षे कार्यकालको लागि भएको संस्था एकीकरण भएता पनि दुईवटा संस्थाहरुले पहिला संञ्चालन गरेको सबै कार्यलयहरुलाई संस्थाका सदस्यहरुको सेवा निरन्तरता दिने साथै तत्काल ती कार्यलयहरुवाट संस्थाका कृषि पेसामा संलग्न सदस्यहरुलाई रासायनिक,जैविक मल लगाएतका उपजहरु सहज सरल गरि केही समय वाट नै उपलब्ध गराउने नव निर्वाचित कार्यसमितीका अध्यक्ष भिमप्रसाद आचार्यले बताउनु भयो ।